गैर आवासीय नेपाली संघ NRN ले चेपाङ संरक्षणलाइ गर्यो एक लाख सहायोग I

काठमाण्डौ कार्तिक ५,

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले गामवेसीको चेपाङ संरक्षणको आवास निर्माणको लागि आज १ लाख रु पैयाको सहयोग गरेको छ ।

एनआरएनएले एपएनसीसी आई च्यारिटी फन्ड मार्फत सेक्रेटरियट संगिता अवालले केन्द्रका सल्लाहाकार तथा एनआरएनएका आइसीसीएन मिडिया टाक्र्सफोर्स सदस्य रवि रोसीलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । एनआर एनएले काठमाडौंमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे लगतै संरक्षण केन्द्रलाई आर्थिक सहयोग गर ेको हो ।

जग्गा उपलब्ध भएपनि आर्थिक अभावका कार ण संरक्षण केन्द्रको भवन निर्माणको काम सुरु हुन सके को थिएन । एनआरएनएले गरेको आर्थिक सहयोग संगै भवन निर्माणको काम तत्काल सुरु गर्ने र अपुगहुने रकम खोजि गर्दै जाने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनु भयो । ८ जना अपाङ सहित ५० जना चेपाङ वालवालिका अध्ययनरत सो संरक्षण केन्द्रमा खाद्यन्न अभावका कारण मागेर दैनिक गुजरा चलाईएको केन्द्रका अध्यक्ष शर्माले बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com