भर्जिनिया आश्विन २३,
बिजय थापा : गुरु अर्थात् शिक्षक । उनीहरुको स्थान उच्च हुन्छ l श्रद्धा भावले पुजिन्छ । गु' र रु' । 'गु' को अर्थ 'अंधकार' र 'रु' का अर्थ 'अंधकारलाई हटाउने '। गुरुलाई गरिने पुजा मन्त्र :गुरु ब्रह्मा गुरुर्विष्णु: गुरुदेव महेश्वर: । गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नम: ।
त्यही गुरु जस्ले आफ्ना चेलालाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गराउन कोसिस गर्दा र बिद्यार्थीलाई अनुशासनमा राख्न नियन्त्रण गर्न खोज्दा एउटा किशोरले ईख लिई १० बर्ष पछि आफ्नै गुरुलाई नराम्रो संग भकुरे र आफुले बदला लिएकोमा खुसि ब्यक्त गरे । यो कुनै कपोलकल्पित घटना तथा कथा नभै सत्य घटेको घटना हो । यस्ले बारम्बार मेरो मस्तिष्कमा घन हान्छ । अनि बिद्यार्थी र शिक्षकको अन्तर सम्बन्ध र आत्मियताको परिकल्पना गर्दछु । ६-७ कक्षामा अध्ययन गर्ने एक बिद्यार्थीलाई पढाउने एक शिक्षकले पिटेको कारण एक दसक पछि जवान भै युद्ध कला( कराते)सिकी चौकमा सार्बजनिक स्थलमा ब्रुसली (इन्टर दि ड्रागन का नायक )शैलीमा मरणासन्न हुने गरि आफुले सिकेको करातेको प्रयोग आफुलाई पढाउने गुरुमा गरे ।
भनिन्छ युद्ध कला (कराते ,जुडो ,ते क्वान्दो आदि ईत्यादी आत्म रक्षाको लागि गरिन्छ तर यी बिद्यार्थीले दुरू प्रयोग सरासर गरे । कुरा नेपालको पुर्वान्चल क्षेत्रको सुन्दर नगरी सुनसरी ,धरानको हो । नेपाल अधिराज्य भरमै निकै चर्चा र परिचर्चामा आउने एक अंग्रेजी बिद्यालयमा पढ्ने बिद्यार्थी र शिक्षक बीच भएको घटना हो । ६-७ पढने बिद्यार्थीलाई शिक्षकले ज्यादै बदमास र टेर पुच्छर गरेन भनि सजाय दिदा एकछिनलाई त्यो किसोर शान्त भयो । तर त्यहि दिन भिष्म प्रतिज्ञा पनि गरेको रहेछ कि म कुनै हालतमा कराते सिक्छु । जसरि साथी भाईहरुको अगाडी बॆईज्जत गरेको छ ;त्यसरी नै म यसको नराम्रो बदला लिन्छु भनि भित्र भित्रै उकुस मुकुस हुदै युद्ध कला(मार्सल आर्टस ) सिक्ने धोको गर्यो र सिक्यो पनि । आफु कालो फित्ताधारी(ब्लाक बेल्ट )बने पछि खेलकूदको माध्यमद्वारा उस भित्र रहेको अहंकार र दम्भ निभेन । ्रशिक्षण केन्द्रमा जानु नै एक मात्र उदेश्य आफुलाई कुटेको शिक्षकलाई बदला लिनु सम्झे ।
फित्ता प्राप्ति पछि खोजीमा निस्क्यो र निक्कै समय सम्म आफ्नो गुरु फेला पर्न सकेन र हार पनि खाएन । १० बर्ष को समय अवधिमा सबै कुरा भुल्नुको सत्ता अझ प्रतिसोध वृद्धि हुदै गयो । एक दिन कसरि नभेटिएला ,कहाँ जान्छ माछा मेरै ढडिया भन्दै जप्दा जप्तै संयोगबस उक्त गुरु धरान आई पुगेको थाहा पाएर मरणा सन्न हुने गरि भकुरेर त्यहाँबाट सुई कुच्चा ठोकी धेरै दिन सम्म गुप्तबास भयो । गुरु अस्पताल भर्ना हुनु पर्यो र गुरुले मैले दिएको शिक्षाको भिक्षा पाए भन्दै गहभरी आसु खसाल्दै गुरु हुनु मेरो के भूल ? एक शिष्यलाई असल मार्गमा ल्याउन प्रयास गर्दा आफु यस्तो शिकारमा परे भन्दै दुखेसो पोखेका थिए । प्रहरीमा उजुरीको कुरामा शिष्यले गल्ति गरे गुरुले पनि यस्तै हुनु हुदैन भनि त्यो कदम चाल्न मानेनन् ।
शिक्षक र गुरुको सम्बन्ध अनादिकाल काल देखि नै अत्यन्तै प्रगाढ रहेको छ । विश्व कै पप सम्राट माईकल ज्याक्सनले एक पटक खुला रुपमा अन्तर्वार्ता कै क्रममा भने कि उनका पिताले छालाको पेटीले पिटेको कुरा सार्बजनिक गरे र पिता संग डर भयो र अनुशासनमा बस्न कर लाग्यो भने । यदि यस्तो नगरेको भए माईकल ज्याक्सन पप सम्राट हुदैन थियो होला भन्ने विश्लेषकहरुले टिप्पणी गरे । अनुसासनमा राख्नलाई कहिले कही गुरु वा अभिभावक कडा प्रस्तुत भएको देखिन्छ र मार्ग भन्दा बाहिर जान खोज्ने शिष्यहरु सिमा रेखा भित्र बस्दछन ।
शिक्षकले आफ्ना शिष्यलाई माया गर्छन र बिद्यार्थीले पनि आदर । कहिले पनि आफ्नो बिद्यार्थीलाई नराम्रो भएको हेर्न चाहदैनन् । कैयौ ईतिहासको पानामा सुनौलो अक्षरले लेखिएको गुरु र शिष्यको उदाहरण छ । प्लेटो र अरस्तु यस्का उदाहरण हुन् । काल चक्रले हाल सयुक्त राज्य अमेरिकामा छु तर त्यस घटना समझदा आङ्ग नै सिरिङ्ग हुन्छ । हरेक गुरु पुर्णिमाको दिन त्यहि घटनाले मेरो मन खिन्न हुन्छ । र यस्तो कहिलै नदोहोरियोस भनि ईश्वर संग प्राथना गर्दछु ।
..............................................अस्तु
विजय