जुटपानीमा घर दैलो र शुभकामना आदान प्रदान I

चितवन असोज २२,


शिशिर सिंखडा : नेकपा एमाले जुटपानीले आज बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान एवं घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । 

नेकपा एमालेका क्षेत्र नम्बर २का उमेद्वार कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य बिनोद रेग्मी जुटपानी गाबिस अध्यक्ष केशब लामा , नेपाल उत्पीडित मुक्ति समाज चितवनका अध्यक्ष सहदेब लकान्द्री , युवा संघ क्षेत्र नम्बर २का अध्यक्ष बुद्धिराज लामा ,अनेर ास्वबियु क्षेत्रीय अध्यक्ष हरि श्रेष्ठ , क्षेत्रिय सदस्य पुर्ण बहादुर वाईवा , भोजराम थपलिया , दिपक लामिछाने लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो । 


कार्यक्रम पश्चात एमाले क्षेत्र नम्बर २का उमेद्वार खनालले जुटपानीको वडा नम्बर ३ र ४ मा घर दैलो कार्यक्रममा सहभागि हुनु भएको थियो । चितवन २ नम्बर क्षेत्रका एमाले उमेद्वार कृष्ण खनालले जुटपानी १ निबासी नेकपा एमालेका संगठित सदस्य जागेश्वर पाण्डेकी आमा कृष्णकला पाण्डेको पाँचौ दिनको पुण्यतिथिमा आयोजित शो कसभा तथा जुटपानी ४ निबासी पार्टिका संगठित सदस्य छबिलाल लम्सालको आठौ दिनको पुण्यतिथिमा आयोजित शोक सभामा समे त सहभागि भई श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com