पार्वतीपुरमा गाविस स्तरीय वाईसिएल तथा अखिल क्रान्तिकारीको संयुक्त भेला सम्पन्न I

 माडी कात्तिक २,

सरोज खनाल : माडी एकिकृत नेकपा माओवादीको चुनावी अभियान अन्तर्गत आज पश्चिम चितवनको पार्वतीपुरमा गाविस स्तरीय वाईसिएल तथा अखिल क्रान्तिकारीको संयुक्त भेला सम्पन्न भएको छ । पार्वतीपुर गाविस मगर संघको भवनमा सम्पन्न भेलालाई सम्बोधन गर्दै वाईसिएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले पहिचान सहितको संघियता र संविधान सभाबाटै संविधान जारी गर्नु एकिकृत माओवादीको अभियान रहेको बताउनुभयो । 

साथै यस अभियानलाई सफल पार्न पुर्ण संघियतावादीलाई दुई तिहाई मतले विजयी गराउनुपर्ने सापकोटाको जोड थियो । विगतमा संघियता विरोघीहरुकै कारण संविधान जारी हुन नसकेकाले अब एकिकृत माओवादीलाई बहुमतले विजयी गराएमात्रै संविधान जारी हुन सक्ने दावी गर्नुभयो । भेलामा राज्य समिती सदस्य नारायण आचार्य, जिल्ला सदस्य गोपी भुषाल, पार्वतीपुर गाविस ईन्चार्ज सुरविर थापा लगायतले बोल्नुभएको थियो । 

यस्तै भेलाले आजै सुजन विकको अध्यक्षतामा १०१ सदस्सीय युवा परिचालन समिती गठन गरिएको छ । एकिकृत नेकपा माओवादी केन्द्रिय सदस्य ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न भेलाले भोली पनि पार्वतीपुरमा गाविस स्तरीय घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैबिच आज नै शुक्रनगर गाविसमा पनि चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं ५ चितवनका प्रत्यक्ष तर्फका उमेदवार अमिक शेरचन सहितको टोलीले चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गरेको हो । अभियान शुक्रनगर गाविस संयोजक विजय भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com