कार्तिक ११,
गायिका तथा अभिनेत्री जेसिका सिम्पसन अचेल आफ्नो स्वरलाई होइन फिगरलाई आकर्षक बनाउन नसकेकोमा चिन्तित छिन्। दोस्रो सन्तानको जन्मपछि उनी यतिबेला आफ्नो फिगर दुरुस्त पार्न चाहन्छिन्।
समाचारमा जनाइएअनुसार दोस्रो पटक गर्भवती हुने क्रममा ३३ वर्षीया सिम्पसनको खानपिन अनियमित भएको थियो। यतिबेला उनी आफ्ना प्रेमिको सहयोगमा खानपिनमा ध्यान दिन थालेकी छिन्। सिम्पसनले दुई महिनाभित्रै आफू पुरानै फिगरमा र्फकने अनुमान गरेकी छिन्। एजेन्सी :