संसारकै उत्कृष्ट मेरी पत्नी-जस्टिन I

अशोज १८,

मान्छेलाई छोराछोरी आफ्ना राम्रा तर पत्नी अर्काका राम्रा लाग्छन् भनिन्छ । तर गायक/नायक जस्टिन टिम्बरलेकले भने आफ्नी पत्नीलाई संसारकै उत्कृष्ट दाबी गरेका छन् । गीतकारसमेत रहेका जस्टिनले पत्नी जेसिका बेललाई उक्त उपाधि दिएका हुन् । त्यसो त ३२ वर्षको उमेरमा जस्टिनले जेसिकाबाहेक पनि थुप्रै नायिकासँग सम्बन्ध गाँसिसकेका छन् । 

१८ वर्षकै उमेरमा पप गायिका बि्रट्नी स्पेयर्ससँग पहिलो डेट थालेका जस्टिनले उक्त सम्बन्धलाई तीन वर्ष टिकाएका थिए । लगत्तै नायिका क्यामरुन डियाजसँग नजिकिएका उनी पुनः तीन वर्षकै फरकमा छुट्टएि । त्यसपछि बीचमा अर्की नायिका स्कारलेट जोहान्सनसँग पनि यिनको नाम जोडियो । जेसिका बेलसँग पहिलो चिनाजानी भने उनको २००७ को सुरुवातमै भयो । तर बीचमा अलग पनि भए । सम्बन्धबारे सार्वजनिक हुन नचाहेको उक्त जोडी चार वर्षको गुपचुप रोमान्सपछि छुट्टएिको थियो । 

त्यसको सात महिनापछि उनीहरू फेरि एक भए २०१२ अक्टोबरमा विवाह गरे । 'मेरी पत्नी संसारकै उत्कृष्ट हुन् । उनले यो साता आफूलाई महान् सिद्ध गरिन् ।' हालै बिरामी भएका जस्टिनले त्यति बेला पत्नीको व्यवहारबाट एकदमै खुसी भएको उल्लेख गर्दै भने । गत वर्ष मात्रै इटालीमा विवाह गरेका यी दुईको यतिबेला हनिमुन पिरियड चलिरहेको छ । केही दिनअघि मात्रै जेसिकाले पनि आफ्नो थर बेललाई औपचारिक रूपमा परिवर्तन गरी पतिकै थर टिम्बरलेक राखेको बताएकी थिइन् । जेन्सीहरु :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com