जस्तो कर्म त्यस्तै फल ,आउँछ होला शायद ,
भाग्य अनुसार सबै थोक ,पाउँछ होला शायद /
संसार नै उजाडिँदा ,धोका खाँदा पिरतिमा ,
गायक ले बिरही गीत ,गाउँछ होला शायद /
गरीब ति झोपडि मा बस्ने दुखी बुढी लाई ,
समाजले बोक्सी आरोप्, लाउँछ होला शायद /
पचाएर लाज सरम ,फोस्रा भाषण छाँट्न ,
स्वार्थी नेता गाउँघर ,धाउँछ होला शायद /
लाखौँ युबा बिदेशमा ,तिनकै नाममा मिल्ने ,
भोट हाल्न छिमेकिको ,नाउँछ होला शायद /
हरि ओली
साउदी अरब
साउदी अरबियन् एयरलाइन्स्
साउदीया क्याटेरिङ्
जेद्द्दा