आकाश क्षितिज लिम्बु : हिन्दूहरुको देवी भगवत ग्रन्थ अनुसार युद्दमा नवदुर्गाले महिषासुरको बध गरिएकोले त्यही बिजय उत्सवको संझना स्वरुप दशै चाड मान्न सुरु गरिएको कथा आउछ । तर त्यस्तो कथा र नवदुर्गा, महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा कतै पनि उल्लेख नभएकोले यो दशै चाड हामी किरातिहरुको हुँदै होइन भन्ने प्रमाणित हुन्छ ।
हामिले जुन सुकै चाड पर्वहरु मान्नु अघी जस्को मुल उदेश्य केहो ? जुन चाड हामिले मान्दा उपयुक्त होला या नहोला जुन कुराको ज्ञात हुन जरुरी छ ।बास्तविक सत्य यो होकि! दशै चाड हिन्दू एकात्मकवादिहरुले हामी आदिवाशी जनजातिहरु प्रती जवर जस्ती लादिएको चाड हो । ईतिहास जिवित छ, जुन कालरात्री दिनहरुले हामिलाई बारम्बार झस्काई रहेको महशुस गर्न सकिन्छ ।
ईस्वी संबत १८६७ को घटना त्यस ताका छथर थुम धनकुटामा रिदाम र राम्लिहाङ दुई साहाशी पुरुषहरुले दशैं हाम्रो चाड होईन, हाम्रो आफनै चाड छ, त्यसैले हामी आफनै चाड मान्छौ भनी प्रतिकार गरे । यो कुरा जंग बहादुर राणामा जाहेर भए पछी रिदाम र राम्लिहाङ लाई पक्राउ गरी निर्ममता पुर्वक झुन्डयाई हत्या गरियो । त्यस पछी आदिवासी जनजातिहरुलाई सेना दुवारा घेराउ गरी खसी काटेर जवर जस्ती भोज खुवाइ त्यही सहिदको आलो रगत अछिता सग मुसी लगाइ दिए । रगतको ५ औंलाको छाप प्रतेक घर्-घरको मुल ढोकामा हानियो । त्यस पछी हाम्रा पहिचान र अस्तित्व मेटाउन हाम्रा हजरौ मुन्धुम र धर्म संस्कृतिका पुस्तकहरु जलाईयो ।धेरैलाई फासी दिइयो ।यसरि बाहुनवादिहरुले उनिहरुको हातमा सता र शक्ती भएको मौकामा हाम्रा भाषा,लिपी र धर्मको हत्या गरी हामी आदिवाशी जनजातिहरुमा जवरजस्ती लादिएको चाड हो ।
बर्तमान नेपालमा धर्म निरेपेक्क्ष घोषणा भएता पनि एकात्मक् बाहुनवादी राज्य सताले खस भाषालाई मात्र मान्यता दिएको छ । एक संस्कृत बिधालयको निम्ती राज्यले अरबौ बजेट खर्च गरेको छ तर हामी आदिवाशी जनजातिहरुको निम्ती भने कही कतै पनि बजेट छुटयाएको देखिदैन ।नेपाल बहु राश्टृय देश भनेर संसार सामु चिनाइन्छ तर त्यही देशलाई संसारको एक मात्र हिन्दू राश्ट्र भनी घोषणा गरिएको छ ।आज तिनै एकाधिकारवादिहरुले जनताको रगत र पसिना चुसी राज्यको ढुकुटी प्रयोग गर्दै खस जाती र परम्परालाई संरक्षणा गरी रहेका छन्, भने यता हामी आदिवाशी जनजातिको पहिचान र अस्तित्व मेटाउन सप्तरीमा थारुको संग्राहलय माथी आक्रमण्, सुनसारीको बिजयपुर अबस्थित लिम्बुवानी संग्राहलय तोडफोड्,पोखरामा चोकमा अबस्तित लखन थापाको सालिक तोड्फोड्,तमुवान लेखिएको बोर्ड हटाइयो ।काक्रे बिहारमा बुद्दको मुर्ती तोडफोड्,अझै पनि बुद्द्को मुर्ती राख्न नदिएको यि बिविध एकाधिकार बाहुनवाद्का ज्यादती पुर्ण अत्यचार दिन प्रती दिन बढी रहेको छ ।
बुझ्ने हरुलेत धेरैले बाहिस्कार गरी सकेका छन् तर नबुझ्नेहरुले भने यती कुरा बुझेर पनि यदी हामिले हिन्दूवादी चाड दशैंलाई बाहिस्कार गर्न सकेनौ भने त्यो भन्दा ठुलो दुर्भाग्य अरु केहि हुने छैन ।महन सहिद रिदाम र राम्लिहाङ्को आत्माले सराप्ने छ हामिलाई ।हामी आदिवाशी जनजातिहरु महान सहिद कांसोरेका सन्तानहरु हौ । एक कायरता पूर्ण जिवन भन्दा गर्वको मृत्यु स्विकार्य छ भन्ने कुरा बिर्सनु हुँदैन हामिले । समग्रमा हामी आदिवाशी जनजातिहरुले यो चाड मान्नु भनेको आफु स्वातन्त्र भएर पनि एकात्मक बाहुनवादको दाशी बन्नु हो ।