बानाको दशैं तथा तिहार शुभकामना कार्यक्रम सफलता पुर्वक सम्पन्न I

भर्जिनिया कार्तिक ५,

विजय थापा : अमेरिकाको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा २०७० सालको दशैं तथा तिहारको पुनित शुभ उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ  

हरेक बर्ष गर्दै आएको शुभकामना साँझमा कोसेली स्वरुप बिबिध सांगीतिक प्रस्तुति प्रदर्शन गरिएको थियो भने नेपालको महाराजगंजबाट अमेरिका आएका केहि बालबालिकाहरुले नृत्य प्रदर्शन गरि दर्शकलाई मनोरंजन गराएका थिए भने दर्शकले उनीहरुको प्रतिभाबाट प्रभावित भै आर्थिक रकम पनि प्रदान गरेका थिए  

यस कार्यक्रमको लागि भर्जिनिया ,पेनसिलभानिया ,वाशिंगटन डिसी र बाल्टिमोरका स्थानीय व्यक्तिहरुको सहभागीता रहेको थियो भने नेपाली चलचित्रका अभिनेता राज बल्लभ कोइरालाले शुभकामना मन्तब्य राख्दै एक कविता पनि बाचन गरेका थिए  कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा अवैतनिक महाबाणिज्य दुत प्रेम राजा महतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने बानाका अधक्ष्य विजय श्रेष्ठले सबैलाई स्वागत गर्दै शुभकामना दिएका थिए  

कार्यक्रम बीच लोक गायक प्रेम राजा महत तथा श्रीमती महतको सयुक्त तर्फबाट राजदूत शंकर प्रसाद शर्मालाई मायाको थुंगा स्वरुप एक उपहार प्रदान गर्नु भएको थियो भने ओकिली गान मण्डली (ब्याण्ड)का गायक अनिश सापकोटाको सिडी(श्रब्य चक्का) को बिमोचन राजदूत डा राजदूत शंकर प्रसाद शर्माले गर्नु भएको थियो  उक्त सांगीतिक कार्यक्रमको उद्घोषण द्वय रतन सुबेदी तथा अर्जुन सुबेदीले गरेका थिए 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com