चेपाङलाई हत्तोत्साही गर्ने काम भयो I

चितवन असोज २०,

पछिल्ला केही दिन देखि बिभिन्न संचार माध्यममा गैडा तस्करी सम्बन्धि समाचारमा चे पाङ समुदायलाई हात्तोत्साही गर्ने गरी समाचार प्र काशन प्रसारण भएको भन्दै गामबेशीको चेपाङ संर क्षण केन्द्रले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

चेपाङ समुदायको गरिबी तथा सोझोपनाको फाईदा उठाउदै जुन बर्गले उनिहरुलार्ई आपर ाधिक कृयाकलापमा संलग्न गराई रहेको छ सो बर्गको खोजी नहुनु तर जाति बिशेषलाई तस्करीको बिल्ला भिराईनु उचित नभएको गामबेशीको चे पाङ संरक्षण केन्द्रले निकालेको बिज्ञप्तीमा उल्लेख रहेको छ ।

संस्थाका अध्यक्ष केपि किरण शर्माद्धारा जार ी बिज्ञप्तीमा निश्चित क्षेत्र र जातिका ब्यक्तिको संलग्नता देखिएको अवस्थामा सो क्षेत्र र जातिको शै क्षिक , आर्थिक र चेतना स्तर उठाउन सम्बन्धित निकायले बिशेष कार्यक्रम संचालन गर्नु पर्ने समेत उल्लेख छ । विज्ञप्तीमा आपराधिक कृयाककलापमा संलग्न ब्यक्तिलाई पक्राउ गरी सार्बजनिक गर्नु स्रहानिय कुरा भएपनि निश्चित जातिका सिमित ब्यक्ति संलग्न भएको अपराधमा सिंगो जातिलाई मुछिनु आपत्ति जनक भएको उल्लेख छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com