भर्जिनिया आश्विन २०,
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी नेपाली समाजले नेपालीहरुको महान् चाड बडादसैंको पहिलो दिन घटस्थापनाको दिन दुर्गा भवानीको प्रतीकका रूपमा नेपालको पंचांग समितिले जुराएको शुभ साईतमा घटस्थापना गरेको छ ।
'' संस्कृतिलाई संरक्षण ''गरौ भन्ने मूल मन्त्रको साथ परम्परा र संस्कृतिलाई परदेशमा पनि निरन्तरता दिने र बैदिक परम्परा अनुसार बालुवा वा माटोमा वैदिक विधिपूर्वक पञ्च धातु एवं पञ्च पल्लव राखी जौ र मकै छरेर घटस्थापना पण्डित राजेन्द्र खनाल द्वारा गरिएको भनि समाजका सचिब कमल पोख्रेलले जानकारी गराए । अमेरिकामा डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व निक्कै वृद्धि भै रहेको अवस्थामा यस भेगका नेपाली समुदायलाई पुग्ने जमराको व्यवस्था गरिएको छ भन्दै बिजय दशमीको दिन बिहान ७ बजे देखि ११ बजे सम्म जमरा बितरण गरिने भएको छ ।
डिसी क्षेत्रमा बसोबास गर्ने सबैलाई जमरा लिन आई दिनु हुन् अनुरोध गरेका छन् । िगत बर्षहरुमा पनि जमराको व्यवस्था गरेको थियो भने भर्खरै समाप्त भएको जनै पुर्णिमाको दिन ''क्वाटी '' सबैलाई खुवाएको थियो ।