विवादित धर्मगुरु आशारामको तिहार कारागारमा I

नयाँदिल्ली कार्तिक १० ,

यौन उत्पीडनका आरोपी भारतका विवादित धर्मगुरु आशाराम बापुलाई अदालतले आउँदो ६ नोभेम्बरसम्म न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ । दुर्गापूजा मनाउन नपाएका उनले तिहार पनि कारागारमै मनाउने छन् । 

उनीविरुद्ध अनुसन्धान गरिरहेको राजस्थानको जोधपुर प्रहरीले अदालतमा अभियोग पत्र दर्ता गराउने तयारी पूरा गरेपछि अदालतले यो आदेश दिएको हो । प्रहरीले शुक्रबार आशारामको गलत गतिविधिमा संलग्न सहयोगीहरू शिल्पी, प्रमुख सेवक शिवा, भान्छे प्रकाश तथा मध्यप्रदेशको छिंदवाडा होस्टलका केयर टेकर शरदलाई प्रस्तुत गरेका थिए । 

प्रहरीले आशारामलगायत ५ जनाविरुद्ध अभियोग लगाउने बताएको छ । अभियोग प्रमाणित भएमा उनलाई कम्तीमा जन्मकैदको सजाय हुने भनिएको छ । थप आदेश दिनुअघि अदालतले आशारामसँग सामान्य सोधपुछ गरेको थियो । उनले आवागमनमा हुने शारीरिक समस्याको जिद्दी गर्दा न्यायाधीशले यसलाई कानुनी प्रक्रिया बताएका थिए । 

उनी र उनको छोरा नारायण साईविरुद्ध भारतको गुजरात राज्यका दुई दिदीबहिनीले बलात्कारको आरोप लगाएका छन् । उनलाई यस क्रममा घन्टौं प्रहरी भ्यानमा बसेर गुजरात र जोधपुर आवतजावत गर्नुपरेको छ । उनका छोरा पनि फरार छन् । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com