तेल अभिव (इज़रायल) कार्तिक १२,
हाम्रो हिन्दु संस्कार र रिति रिवाजका धनि हामी नेपाली ,बिभिन्न धर्म ग्रन्थ हरुमा छताछुल्ल गरि पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।
सत्य युगको कुरा हो पृथ्वीमा वली नाम गरेका बढो प्रतापी, दानी राजा थिए, उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे। उनको क्रिर्ती चारै तिर फैलिएको थियो। उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो। ... देवताहरू डराइ त्रहिमान हुदै बिष्णु भगवान सित प्रार्थना गर्न थाले। त्यस्तो देखि बिष्णु भगवानले कसरी देवताहरुको रक्षा गर्ने भन्ने सोचेर ,एक उपाय निकालेर बालक रुप ब्राह्मण भई दानी बिर राजासग केहि पाइला माटो माग्ने उपाए बनाए र एक ब्राह्मणको रूप धारी राजा वली सित तीन पाउ जमिन माग्न उनले यज्ञ गरि होम गर्न लागेको बेलामा गइ भिक्षा मागे ,!
होम यज्ञ गर्न बशेको दानी राजा वलीले एक सुन्दर बालक ब्राह्मणलाइ देखि मोहित भएर खुशीले यस्तो होम गर्न लागेको बेलामा आएका ब्राह्मण लाइ देखि खुशीले दान दिन भण्डारबाट रुपैया पैसा द्र्यब्य अन्न ,बस्त्र सबै लिएर दिन खोज्दा ब्राह्मण ले भने मलाई त्यस्तो केहि चाहिदैन तर मैले केहि माग्छु दिन्छौ भने भन्छु भनेर बचन बद्ध गराए ,अनि बली राजाले भिक्षा आफ्नो दरवार भित्र भएको माग्दा जे मागे पनि दिने बचन ब्राह्मण रूपका बिष्णुलाइ दिए ! राजा वलीले सोचे एक ब्राह्मणले के पो मागी हाल्ला।
बिष्णु भगवानले होमगरि राखेको ठाउमा भित्र तिन पाउ जमिन मागे । प्रतापी राजाले अन्तै माग यहा मा यज्ञ गर्दै छु दिन मिल्दैन बरु अरु ठाउको एक राज्य दिन्छु भनी भन्दा पनि ब्राहमण रुप बिष्णुले दिए त्यही होम गरेको ठाउको माटो मागेको देउ न दिए फर्केर जान्छु भन्दा ,राजाले वचन हार्न नसकी तिन पाउ जमिन कति नै पो हो र भनी ल पाउ राख भन्दा ,ब्राह्मण रुप विष्णुले तिन पाउ मध्ये एक पाउ पृथिबीमा दोस्रो पाउ आकाशमा राख्दा सम्पूर्ण लोक ठाकियो र तेस्रो पाउलाइ ठाउ भएन र वलीलाइ सोधे यो तेस्रो पाउ म अव कहा राखु।
वली राजा बढो समस्यामा परे र भने मलाई छल गरी बिष्णु भगवानले ब्राह्मण रुपमा यो मागेकोमा बचन हार्नु छैन उनी इश्वरको शरणमा पर्छु भनेर उनकै तेस्रो पाउ आफ्नो शिरमा राख्न भने , जव बिष्णुले पाउ वलीको शिरमा राखे त्यसै वखत वली भासिएर पातालमा पुगे। बिष्णुबाट आज्ञा भयो बली अब तिम्रो स्थान पाताल भयो।
भगवान विष्णुले भन्नु भयो कि तिमीलाई केहि माग्नु छ भने भन भन्दा बलीराजाले बिष्णुसग अनुरोध गरे कि बर्षमा एक पटक उनलाइ पृथ्वी भ्रमण गर्न दिइयोस। त्यो सुनेर विष्णु भगवानले तथास्तु भनी अन्तरयाम हुनु भयो ,त्यसैले उनि हरेक एक बर्षमा पृथ्वी आउने गर्दछन भन्दै उनको जनताले खुशीयाली मानी घर वरीपरी झिलिमिली उज्यालो गरी गुन्जायमान गर्दै गीत गाउन थाले ! ए भन् मेरा भाइ, हो धेयुसी रे ,ए रामरी भन, धेयूसी रे , ए स्वर मिलाई कन, धेयूसी रे .......ए हेला नगरी ,धेयूसी रे,...ए आशिष दिऊ, देयुसी रे ,.... ए बिगतका दिन, धेयूसी रे, .....ए नसम्झी किन, धेयूसी रे ....ए हाम्रो यो चार्ड, धेयूसी रे...ए खुशी भै मनाऊ ,धेयूसी रे ........यस्तै यस्तै धेयूसी खेल्दै घर घरमा आशिष दिन र आफु भन्दा ठुलाको आशिष थाप्ने चलन आज पनि रहेको छ ! राम राजाले चौध बर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पुर्ण अयोध्या बासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरुमा पढन पाइन्छ, !
निशा खनाल अर्याल
हाल इजरायल