गज़ल
बादल आए बर्षिएर चिसो रात छाडीगए
त्यहि रात परदेशी भई उनले हात छाडीगए ,
.
मेरी माया रोईन भने साथ दिनु ए !ताराजून
अह्राउँदै आकाशमा ताराका ताँत् छाडीगए
.
दुगुना भई परदेशीको यादले छाति पोल्ने भयो
उनले आफ्नो मुटु मेरो छाति माँझ छाडीगए ,
.
यिनै मध्य कोहि एउटा मदन होला फेरी पनि
रुँदैरुँदै मायालुलाई जो जो आज छाडीगए....
मीरा मन थापा
माईधार झापा