भर्जिनिया कात्रिक १,
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्र (म्यारिल्याण्ड ,वाशिंगटन डिसी तथा भर्जिनिया )भर नेपालीहरुको महान चाड बडा दशैं हर्सौल्लास तथा मनोरन्जनात्मक रुपमा मनाईएको छ । बिसेष गरि बडा दशैंमा मासुका परिकार बाहेक नेपालको तिर्सना मेटाउने गरि घर घरमा गृहणीहरुले सेल रोटि बनाएर सबैलाई मन फुकाएर खुवाएका छन ।
डिसी महानगर क्षेत्र कै एक परिवारले मान्यजनहरुबाट टिका ग्रहण तथा खान पिन गरे पश्च्यात बडा दशैँको शुभ उपलक्ष्यमा केक काटी विजया दशमी मनाएका छन् । उक्त केकमा ''ह्यापी दशैँ '' लेखिएको थियो । शमीको दिन बिहानदेखि नै नारीहरु पूर्ण सृंगार सहित रातो फरिया ,पुरुषहरुले नेपाली दौरा सुरुवाल र नेपाली ढाकाको टोपी ,रातो अक्षता निधारमा र जमरा लगाई भ्याई नभ्याई भएको देखिएको थियो । र्जिनियाको आशबर्न स्थित एक परिवारले मासुका परिकारहरू को अलावा बालबालिकाहरु थप मनोरंजन गर्ने उदेश्यले केक काटी खुसियाली मनाएका छन् । बालबालिकाहरुलाई अझ मनोरंजन होस् र यसैको लागि भए पनि बच्चाहरु झुमिन्छन भनि एक परिवार सदश्यले भने ।
गुलियोमा केटाकेटीहरु रमाउने हुनाले यो तरिका अपनाएको भने । यस क्षेत्रमा नेपाली समुदायको पछिल्लो दशक देखि निक्कै बढेकोले बडा दशैको पुर्व सन्ध्यामा छुट्टीको दिन मिलाएर धेरै ठाउमा सांस्कृतिक साँझको पनि आयोजना गरिएको छ भने यसै मौकामा संघ तथा संस्थाको माध्यमबाट बडा दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमहरु प्रसस्त सम्पन्न भएका छन । डिसी महानगर क्षेत्रमा केहि बर्ष आगाडी स्थापना भएको डिसी नेपाली समाजले दशमीको दिन बिहान ७ बजे ११ बजे सम्म नेपाली समुदायलाई जमरा वितरण गरेको थियो भने बिदेशमा सबैले जमरा राखन सम्भव नहुने हुनाले बिहानै देखि मानिस ताती लागेको थिए भने सबैलाई पुग्ने जमरा उमारिएको छ भनि आयोजकले भने ।
यसै गरि स्थानीय कलाकारको साथमा नेपाली गीत तथा नृत्य गर्दै सांगीतिक कार्यक्रमहरु पनि सम्पन्न गरिएको छ । नेपालीहरुको जनसंख्या बढ्दै गरेको अवस्था र दशैँताका नेपालीहरुले अनिबार्य मासु खरिद गर्दछन भन्ने सोचेर खसी ब्यापारीहरुले पोहोर साल किनेको खसीको मोल भन्दा यसपाली निक्कै बढाएर बेचेको र किन्ने पर्यो भनि एक नेपाली परिवार सदश्यले भनिन । चर्को मोल पर्यो र खसी पनि किन्नै पर्यो भनि दुखेसो पोखे । बरु कुखुराको मासु खाए कोलेस्टोरोल पनि नबढ्ने भन्दै हास्य व्यंग गरे तर नेपालीहरुलाई छाला भएको खसीको मासुमा स्वाद हुने हुनाले खोजेको तर नपाईएको बताए ।