आज घटस्थापना बिधीपुर्वक घर-घरमा जमरा राखिंदै I

काठमान्डू आश्विन १९,

आजबाट हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ ।

यस बर्षको असोज २८ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ ।

दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर जौ र मकै छरेर घटस्थापना गरिन्छ ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com