चितवन मा चुनावी अभियान तिव्र I

चितवन कार्तिक ११,

शिशिर सिंखडा : चितवन नेकपा एमालेको चुनावी अभियान अन्र्तगत चितवन क्षेत्र नम्वर २ मा घरदैलो तथा विभिन्न ठाउँमा कोण सभा गरिएको छ । आज रत्ननगर – ९ को सालघारी,जिरौना,जयमंगला लयागत त्यस आसपासका ठाउँमा घरदै लो कार्यक्रम गरिएको थियो । 

क्षेत्र नम्वर २ का एमालेका उम्मेदवार कृष्णप्रसाद खनालले जनताको घरदैलोमा पुगेर उम्मेदवार खनालले भोट माग्ने र जनताको समस्या बुझ्ने काम गरिरहनु भएको छ । घरदैलो पछि आयोजित को ण सभामा उम्मेदवार कृष्ण प्रसाद खनालले घरदैलोका क्रममा जनताले स्थानीय स्तरमा विद्यामान समस्याको समाधान गर्न आफु प्रतिबद्ध रहे को बताउनु भयो । 

उम्मेदवार खनालले एमाले प्रति जनलहर बढेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गर्नुभयो । त्यसैगरी निर्वाचन अभियान अन्र्तगत आज चैनपुरको वडा नम्वर १,२,८ र ९ मा युथ फोर्स बुथ कमिटी गठन गरिएको छ । झलक लामाको संयोजकत्वमा भएको सो कार्यक्रममा युवा संघ लेखा आयो गका केन्द्रीय अध्यक्ष कमलराज पाठक,गाउँ कमिटी अध्यक्ष पूर्ण डल्लाकोटी, जिल्ला कमिटी सल्लाहकार मुुकुन्द दुवाडी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com