आज काग तिहार I

काठमाडौं कार्तिक १५ ,

नारीदर्पण : हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार आज बाट विधिवत रुपमा सुरु । तिहारको आज पहिले दिन घर घरमा दिपावली गरेर तिहारको स्वागत गरिदैछ । यम पञ्चकको पहिलो दिन आज शुक्रबार कागलाई मिठो-मिठो खाने कुरो दिएर काग तिहार को शुभारम्भ गरिँदै छ । 

शुभ -अशुभ दुवै प्रकारका सन्देश बाहकका रूपमा कागलाई प्रत्येक दिन बिहान खाना खानअघि घरको कौसी वा छानामा भात पन्छाउने चलन भए पनि यस दिन रोटीका साथै अन्य परिकारसमेत खुवाउने गरिन्छ  आज देखि भाइटीकासम्म यम पञ्चक मनाइन्छ । तिहारभर विशेष प्रकारको गीत गाएर घरघरमा गई भैलो र द्यौसी खेल्ने गरिन्छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com