भर्जिनिया आश्विन १९
बिजय थापा : अब खाडी तथा मध्यपूर्वका एनआरएनहरुलाई सहभागी नगराई र
उनीहरुका मुद्दालाई सम्बोधन नगरी एनआरएनए अगाडि बढ्नु
हुँदैन र बढ्दैन भन्नेमा मेरो जोड हो ।
प्रल्हाद के.सी. एनआरएनए उपाध्यक्षका उम्मेदवार
गैर आवासीय नेपाली संघको यही अक्टोबर १९ देखि २२ सम्म
काठमाडौंमा हुने छैठौं विश्व सम्मेलन र उक्त सम्मेलनले
आगामी दुई वर्षका लागि चुन्ने नयाँ नेतृत्वका बारेमा एनआर
एनहरु बीच तात् तातो बहस र छलफल चलिरहेका बेला लामो
समयदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएका तथा एनआरएन
अभियानमा शुरुदेखि नै सशक्त रुपमा लागीपरिरहनु भएका एनआर
एनए अमेरिकाका अध्यक्ष प्रल्हाद केसीले आगामी कार्यकालका
लागि गैर आवासीय नेपाली संघको उपाध्यक्षमा उम्मेदवारी घो
षणा गर्नु भएको छ ।
एनआरएनएको छैठौं विश्व सम्मेलनको
सेरोफेरोमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको र संसार
लाई नै नेतृत्व गरिरहेको अमेरिका जस्तो देशबाट पनि एनआर
एनएको आईसिसीमा प्रतिनिधित्व हुनु पर्दछ भन्ने केसीसँग
दामोदर नेपालले गर्नु भएको कुराकानीको सम्पादित अंश ः
सर्व प्रथम तपाईंको एनआरएन अभियानको ईतिहास बताइदिनुस न ?
के.सी. – एनआरएनको स्थापनाकालदेखि नै म कुनै न कुनै रु
पमा यस अभियानमा निरन्तर सहभागी रहँदै आएको छु । अमेरि
कामा एनआरएनएको गतिविधि सन् २००५ देखि नै शुरु भइसकेको
भए पनि विविध कारणहरुले गर्दा एनआरएनएको राष्ट्रिय समन्वय
परिषद स्थापना गर्न भने केही ढिला हुन गयो । सन् २०१० मा अमे
रिकामा यसको पहिलो अधिवेशन सम्पन्न भयो र नयाँ कार्यसमिति
चयन भयो । त्यसमा म वरिष्ठ उपाध्यक्षको रुपमा रहेर कम गरें ।
त्यसपछि २०११ देखि म निरन्तर रुपमा एनसिसी अमेरिकाको अध्यक्ष
रहेको छु । एनआरएनमा मात्र होइन त्यसभन्दा अगाडिदेखि नै
मैले नेपाली समुदायको सेवामा आफूलाई समर्पित गर्दै आईर
हेको थिएँ । जसको कदर स्वरुप सन् १९९५मा अमेरिकाको कमनवे
ल्थ अफ म्यासाचुसे गभर्नर्स् ले “मलाई न्यू अमेरिकन एप्रि
सिएशन अवार्ड” नामक सम्मान पनि दिएको थियो । जुन अवार्ड प्र
ाप्त गर्ने म पहिलो एशियन नागरिक थिएँ । त्यसका साथै सन् १
९९६ मा नेपाल चेम्बर अफ कमर्शको अमेरिकाको लागि अवैतनिक
वाणिज्य प्रतिनिधिको रुपमा पनि काम गरेर नेपाल र अमेरिकाका
बीचमा व्यापार प्रवद्र्धन लगायतका कार्यहरुमा आफूलाई समर्पित
गराउँदै आइरहेको छु ।
तपाईंले एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी
दिनु भएको हो ?
के.सी. – हो ।
चुनाव जित्छु भन्ने लागेको छ ?
के.सी. – अवश्य । किनकी मेरो एजेण्डाहरु र मेरो अनुभव अनि
आवश्यकतालाई हेरेर एनआरएन साथीहरुले मेरो काँधमा जिम्मे
वारी सुम्पिनु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।
तपाईंका चुनावी एजेण्डाहरु के के छन् त ?
के.सी. – मेरो मुख्य एजेण्डा मिडिल ईष्टका समस्याहरुलाई
अगाडि ल्याउने नै रहनेछ ।
एनआरएनले कुरा मात्र होइन कामले पनि गरेर देखाउनु पर्दछ ।
एनआरएनले केही गर्दछ भन्ने नेपाल सरकारलाई पनि जानकार
ी हुने किमिसले अगाडि बढ्न सक्नु पर्यो र नेपाली जनतालाई
पगाल्न सक्नु पर्यो । ताकि एनआरएनप्रति नेपाली जनता नै सकार
ात्मक हुनु पर्यो । उनीहरुले हामीलाई रातो कार्पेट ओ
च्छ्याउने वातावरणको कार्य एनआरएनले गरेर देखाउनु पर्यो
। अहिले जसरी हामीले यहाँ आउने राजनीतिक नेताहरुलाई र
ातो कार्पेट बिच्छ्याउँदै पाँच तारे होटलमा लाने पद्धति छ
त्यसलाई हटाएर नेपाली जनताले प्रशंसा गर्ने खालका कार्यहरु
गर्नु पर्यो ।
नेपाली जनताको मन जित्ने र नेपालीहरुको र
ोजगारी वृद्धि हुने खालका योजनाहरुमा लाग्नु पर्यो । ठूला
ठूला योजनाका लागि वर्षौं समय लाग्छ तर नेपाली जनता वर्षौं
कुर्न सक्ने अवस्थामा छैनन्, उनीहरुको बिहान बेलुकीको रोजी
रोटीको परिपूर्तिका लागि तत्काल गर्न सकिने र तुरुन्तै नेपाली
जनताले प्रतिफल पाउने खालका योजनाहरुमा एनआरएन लाग्नु
पर्दछ भन्ने मेरो विचार र योजना हो ।
हामी जहिले पनि ठूला ठूला योजनाका कुरा गर्ने गर्दछौ
ं, जसले गर्दा नेपाली जनतामा एनआरएन भनेको धनीहरु
को संस्था हो र कुरामात्र ठूला गर्छन् भन्ने भावना रहेको छ ।
त्यसलाई चिर्नका लागि पनि हामी जनताको तहसम्म पुग्नु पर्दछ र
साना साना योजनाहरु अगाडि बढाउँदै बिस्तारै ठूला योजनाहरु
मा अगाडि बढ्नु नै उत्तम तरिका हो जसले नेपाली सर्व साधार
णको मन जित्न सकिन्छ र नेपाल सरकारले पनि हाम्रा एजेण्डाहरु
लाई सहर्ष स्वीकार्ने अवस्था आउनेछ ।
हामी यो दिशामा अगाडि
बढ्नु पर्दछ भन्ने मेरो विचार हो ।
बुँदागत रुपमा भन्नु पर्दा मैले मूलतः निम्न बुँदाहरुलाई
प्राथमिकतामा राखेको छु ः
१, गैर आवासीय नेपाली संघको सांगठनिक एवं संस्थागत संर
चनालाई अझ परिस्कृत पार्दै अगाडि बढ्नु पर्ने आवश्यकता
टड्कारो छ, जसलाई अगाडि बढाउन म मेरो विगतका अनुभवहरु र
एनआरएन अभियानका पूर्वज अभियन्ताहरुबाट सिकेको ज्ञानलाई
प्रयोग गरेर अगाडि बढ्नेछु ।
२, जबसम्म नेपालमा विदेशी लगानी भित्र्याउन सकिन्न तबसम्म
नेपालको विकासले फड्को मार्न सक्दैन । तसर्थ विदेशी लगानी
नेपालमा भित्र्याउनका लागि नेपालमा लगानी मैत्रि वातावरण
हुनु महत्वपूर्ण छ । यसका लागि नेपाल सरकार नै अग्रसर हुनु
पर्दछ । साथै यस कार्यमा हामी एनआरएनहरुको भूमिका पनि
महत्वपूर्ण हुन्छ । त्यसैले म त्यसको लागि लागीपर्नेछु । अको
र्
कुरा सरकारले इलभ धष्लमयध कजयउउष्लन को लागि बाटो खो
लिदिनु पर्दछ । त्यसो गर्न सकेमा नेपालको विकास टाढा छैन ।
३, एनआरएनहरुको ध्यान जानु पर्ने अहिलेको महत्वपूर्ण
विषय भनेको खाडी तथा मध्यपूर्वका नेपाली कामदारहरु हुन् ।
उनीहरुका समस्या समाधान तथा हितका लागि एनआरएनएले ठूलो
मिहिनेतका साथ काम गर्नु पर्दछ । तबमात्र उल्लेख्य संख्यामा
रहेका ती नेपालीहरुको हितमा काम हुन सक्दछ र एनआर
एनएले गरेको कार्यको सबैले प्रशंसा पनि गर्दछन् । त्यसका
लागि म वैदेशिक रोजगार विभागसँगको सहकार्यमा रोजगारदाता
कम्पनी र रोजगारीमा पठाउने कम्पनीका बीचमा हुने रो
जगार सम्बन्धी सम्झौता पत्रमा मानव अधिकारको प्रत्याभूति,
प्रत्यक्ष सुरक्षा व्यवस्था लगायतका विषयहरु समावेश गराउन पहल
गर्नुका साथै मध्यपूर्वका पीडित नेपालीहरुका लागि सहायता को
षको व्यवस्था गर्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदमा पहल गने
र्
छु ।
४, नेपालमा सञ्चालन गरिने र हुने विभिन्न योजनाहरुमध्ये प्र
ाविधिक योजनाहरुलाई अगाडि बढाउन सहयोग गर्दै त्यस खालको
वातावरण सिर्जना गर्नमा पहल गर्नेछु ।
५, संसारभर छरिएर रहेका एनआरएनहरुसँग साक्षात्कार गर्नका लागि
विश्व भ्रमण गर्दै ती एनआरएनहरुले भोगिरहेका दैनिक समस्या
र त्यसका समाधानका विषयहरुमा छलफल तथा अन्तरक्रिया गर्दै
त्यस प्रकारका समस्या समाधानाका लागि सम्बन्धित निकायहरुलाई
घचघच्याउने कार्यमा जुट्नेछु ।
६, हाम्रो संस्थाको विकास र प्रवद्र्धनका लागि संस्थामा आर्थिक पार
दर्शिता र संस्था सञ्चालनका असल योजनाहरु ल्याई त्यसलाई
कार्यान्वयन गराउन टिमका साथीहरुसँगको सहकार्यमा अगाडि
बढ्नेछु ।
चुनावमा सबैले राम्रा एजेण्डा नै ल्याउँछन् तर तपाईंलाई नै
जिताउनु पर्ने किन ?
के.सी. – हेर्नुस् यो कुनै राजनीतिक दल वा पार्टीको चुनाव हो
इन जहाँ सिद्धान्तका पछाडि लागेर अन्धो भएर पक्ष वा विपक्षमा
उभिनु पर्दछ । यो त पूर्ण रुपमा सामाजिक कार्य हो र संसार
भर रहेका नेपालीहरुको हक हितका लागि लड्ने संस्थाको काम
अर्थात स्वयं सेवा हो । यसका लागि काम गरिसक्नु भएका र गरिरहनु
भएका अनि गर्न चाहनु भएका सबै साथीहरु सक्षम नै हुनुहुन्छ ।
म के मात्र भन्दछु भने मेरा एनआरएन साथीहरुले भोट दिएर
मलाई जिताउनु भयो भने मलाई उहाँहरुले सुम्पिनु भएको
जिम्मेवारी पूरा गर्न म सक्षम छु र गर्नेछु पनि । त्यतिमात्र होइन,
मैले अहिलेसम्म गरेका सामाजिक कार्यहरु, मेरो कामको अनुभव,
एनआरएन अभियानमा मैले बटुलेका अनुभवहरु आदिले गर्दा
म त्यो जिम्मेवारी पूरा गर्न सक्षम छु भन्ने मेरो विश्वास हो ।
तसर्थ साथीहरुले मलाई दिनु भएको मतको पूर्ण रुपमा कदर र
सदुपयोग हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।
चुनाव जित्ने आधार के के हुन् ?
के.सी. – मैले पहिले नै भनिसकें । मेरा एजेण्डाहरु नै मै
ले चुनाव जित्ने आधारहरु हुन् जसलाई पूरा गर्ने क्षमता ममा
छ र म गरेर पनि देखाउँछु । त्यसैले तिनै एजेण्डाहरु नै सबै
एनआरएनहरुका एजेण्डा हुन् भन्ने मलाई लागेको छ र सबै
को साझा एजेण्डा भएकोले सबैले मलाई काम गर्ने अवसर
दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
नेपालीहरुको सपनाको संसार अमेरिका भएको र तपाईंले त्यहाँको
प्रतिनिधित्व गर्ने भएकोले पनि तपाईं नेतृत्वमा आउनु पर्छ भन्न
खोज्नु भएको हो ?
के.सी. – हेर्नुस्, तपाईंले भन्नु भए जस्तै अमेरिकाको
एनसिसीको अध्यक्ष भएकोले म नेतृत्वमा आउन खोजेको हो
इन । बरु एनआरएन अमेरिकाले अहिलेसम्म आइसिसीको लिडर
सिप लिएको छैन । अमेरिकामा दुई लाख भन्दा बढी नेपाली
एउटा स्टेटमा रहेको अवस्था छ । यति धेरै नेपालीहरु रहेको
ले पनि यहाँबाट लिडरसिप लिनु पर्दछ भन्ने अमेरिकामा रहने
सम्पूर्ण नेपालीहरुको चाहना भएकोले र अहिलेको आवश्यकता
अनुसार आफूले आइसिसीको उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा
दाबी गरेको हो । यति धेरै नेपालीहरुको उपस्थिति रहेको दे
शबाट एनआरएनको आइसिसीको नेतृत्वमा कसैले पनि प्रतिनिधित्व
नगरेकोले पनि त्यसको आवश्यकता महशुस गरेर नै मैले उम्मे
दवारी दिएको हो । त्यतिमात्र होइन आईसिसीमा हुने मेरो
उपस्थितिले संसारभरका एनआरएनहरुका मुद्दालाई उजागर गर्न र
उनीहरुको हितमा काम गर्न सहज हुनुका साथै त्यसका लागि म सक्षम र
प्रतिवद्ध दुबै छु ।
एनआरएनहरुलाई दोहोरो नागरिकता किन चाहिएको हो ?
के.सी. – एक पटकको नेपाली सधैंको नेपाली हुन पाउनु
पर्छ भनेर नै हामीले दोहोरो नागरिकताको कुरा गरेका हौं ।
एनआरएनहरुलाई दोहोरो नागरिकता दिँदा नेपाललाई नै
फाइदा हुने कुरा हो । जसले गर्दा नेपालमा विदेशी लगानी
भित्रिनुका साथै बाहिर बसेर एनआरएनहरुले कमाएको ज्ञान, सीप र
पूँजि नेपाल भित्रिन्छ र त्यसले नेपालको सर्वाड.्गीण विकासमा
ठूलो टेवा पुग्दछ । त्यसका लागि नेपाल सरकारले स्वागत गरेर
ल्याउनु पर्ने हो तर त्यस्तो भईरहेको छैन । त्यसैले नेपाल सर
कारले हामीलाई वातावरण सजिलो बनाइदिनु पर्यो ।
हामी
पूँजि लिएर नेपालमा लगानी गर्न आउँछौं भन्दा त नेपालीहरु र नेपालमा बस्नेहरुका लागि नै फाइदा हुने हो नि,
होइन र ? विदेशमा भएको पैसा स्वदेश भित्रिन्छ । नेपालमा
लगानी भित्रिन्छ । दोहोरो नागरिकतालाई राजनीतिक मुद्दाका रु
पमा नलिएर देश विकासको ढोका खोल्ने शूत्रको रुपमा
लिन सकिन्छ । यसका लागि म भन्दा अगाडिका अग्रजहरुले पनि पहल
गर्नु भएको थियो र भईरहेको छ । साथै मेरो कार्यकालमा अझ
बढी तदारुकताका साथ अगाडि बढाउनेछु र राजनीतिक दलहरु त्था र
ाज्यका अंगहरुलाई यस सम्बन्धमा स्पष्ट पार्नेछु ।
नेपालमा एनआरएनए दर्ता समेत हुन सकेको छैन, अनि कसरी
तपाईंका योजनाहरु पूरा हुन्छन् त ?
के.सी. – एनआरएन आधिकारिक रुपमा दर्ता मात्र नभएको हो तर
राज्यले हाम्रो उपस्थितिलाई मान्यता दिईसकेको छ । अब हाम्र
ो माग के हो भने सरकारले हामीलाई बाटो सरल गरिदिनु पर्यो
। एनआरएनहरुले भिसा, पासपोर्ट लगायतका विषयमा भोग्नु परे
का समस्याहरुमा सरलता अबलम्बन गर्नु पर्यो । कानुन मात्र बनाएर
भएन । त्यसलाई सरल ढंगले लागु गर्ने वातावरण पनि बनाउनु
पर्यो । हामी विदेशमा बस्ने एनआरएनहरु आफ्नो देशलाई
एकदमै माया गर्दछौं र हाम्रा सन्ततिले पनि त्यो माया गरिरहन
पाउन् भन्ने हाम्रो मूल चासो हो । त्यस प्रकारको वातावरण बन्ने
हो भने एनआरएनहरु नेपालमा लगानी गर्न दिल खोलेर आउने
छन्, जसले गर्दा नेपालको विकास तीब्र गतिमा अगाडि बढ्नेछ ।
एनआरएन हरेक दुई दुई वर्षमा सक्रिय हुन्छ तर त्यसपछि काम
गर्दैन भन्ने आरोप छ नि ?
के.सी. – यो आरोपमा सत्यता छैन । हामीबाट पनि कमीकमजो
री नभएको चाहिँ होइन तर कमी कमजोरीलाई कामै नगर्ने
भन्न मिल्दैन । तपाईंले एनआरएनहरुले स्थापनाको १० वर्षमा
गरेका कार्यहरुलाई नै नियाल्नुस् न अनि थाहा पाईहाल्नु
हुन्छ नि । जहाँसम्म सक्रियताको कुरा छ, त्यो त हरेक संस्थामा
हुने कुरा नै हो कि हरेक कार्यकाल फेरिने बेलामा चहलपहल त
बढीहाल्छ । यही चहल पहलले नै पनि विदेशबाट नेपालमा कति
पैसा भित्रिन्छ ? त्यो पनि त देश विकासको एक हिस्सा त हो नि हो
इन र ? त्यसैले हामी आगामी कार्यकालमा यस अघि भए गरे
का कमीकमजोरी सँच्याएर अगाडि बढ्नेछौं र अझै बढी
उपलब्धीमूलक कार्यहरु गर्नेछौं ।
करिब २० लाख भन्दा बढी जनसंख्यामा रहेका खाडी तथा
मध्यपूर्वका नेपालीहरुका मुद्दाहरुलाई एनआरएनले कहिल्यै प्र
ाथमिकतामा राखेन भन्ने आरोप पनि छ । तपाईं के भन्नु हुन्छ ?
के.सी. – आरोप त जे पनि लगाउन सकिन्छ । तर एउटा कुरा
हामीले पनि स्वीकार्नु पर्ने नै हुन्छ कि अहिलेसम्म हामीले
बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेका क्षेत्रहर खाडी तथा
मध्यपूर्वका नेपालीहरुको समस्या, दुःख,पीडा आदिमा भने
जति र चाहेजति सहयोग गर्न नसके कै हो । हामीले प्राथमिकतामा
राख्न पनि सकेनौं होला । तर अहिलेको मेरो उम्मेदवारीको
एउटा सबैभन्दा ठूलो मुद्दा यो पनि भएकोले अब खाडी तथा
मध्यपूर्वका एनआरएनहरुलाई सहभागी नगराई र उनीहरुका
मुद्दालाई सम्बोधन नगरी एनआरएनए अगाडि बढ्नु हुँदैन र
बढ्दैन भन्नेमा मेरो जोड हो । खाडी तथा मध्यपूर्वमा रहेका
नेपालीहरुले ज्यानको माया मारेर, परिवारको माया मनमा संगाले
र, रगत पसिना बगाएर परिश्रमजिवी जीवन व्यतित गरिरहँदा जुन
किसिमका समस्याहरु भोगिरहेका छन् ती समस्याहरुको समाधान र
उनीहरुको सहयोगको लागि अनि क्षमता नभएकाहरुको सहयोगको
लागि एनआरएन खम्बा भएर उभिनु पर्दछ भन्ने मेरो मान्यता
हो ।
तपाईंले धेरै राम्रा कुराहरु त गर्नु भयो तर उपाध्यक्ष पद
निस्क्रिय पद हो भनिन्छ, आफ्ना मुद्दाहरुलाई कसरी लागु गर्नु
हुन्छ ?
के.सी. – सबैभन्दा ठूलो कुरा खाडी क्षेत्रमा दुःख पाएका ने
पालीहरुका लागि एनआरएनएले कन्भेन्सनमा उठेका फण्डहरु
बाट केही फण्ड छ्ट्याएर छुट्टै कोष तयार गर्नु पर्दछ र
त्यो फण्ड तिनीहरुकै समस्यामा उपयोग गर्नु पर्दछ भन्ने
मा मेरो जोड हो । जसले गर्दा आपत विपतमा परेका नेपालीहरुको
उद्धार गर्नु पर्दा नेपाल सरकारलाई पनि भार पर्दैन र नेपाल सर
कार तथा प्रवासी नेपाली दुबैलाई फाइदा हुन्छ भने यस प्रकार
को योजना ल्याउँदा एनआरएनप्रति पनि नेपालीहरुको सद्भाव
बढ्छ । त्यसका लागि उठेको कोषबाट खर्च कटाएर बाँकी रहेको
नाफालाई सार्वजनिक गरेर हिसाव स्पष्ट पार्नु पर्दछ । जसले गर्दा
उक्त कोषमा रकम बढ्दै जान्छ र सोही कोषका कारण खाडीका
दुःख पाएकाहरुले कसैको मुख ताक्नु पर्दैन ।
त्यतिमात्र होइन टिकट नपाएर सडकमा सुतेका, विभिन्न कारणले
मृत्यु भएकाहरुको लाश नेपाल लान नसकेको आदि समस्याग्रस्तहरु
लाई सहयोग गर्नका लागि नेपाल सरकारसँग पनि कोष छैन र
त्यसका लागि पहल पनि गरेको छैन । त्यसैले यस दिशामा एनआर
एनएको पहल हुनु जरुरी छ ।
अन्त्यमा संसारभरका एनआरएनहरुलाई केही भन्न चाहनुहुन्छ कि ?
के.सी. – सर्व प्रथम त मेरा विचारहरुलाई तपाईंको लो
कप्रीय मेडिया मार्फत संसारभरका एनआरएनहरु माझ पुर
्याउने अवसर प्रदान गरिदिनु भएकोमा तपाईंलाई धेरै धे
रै धन्यवाद । साथै एनआरएन साथीहरुमासँग मेरो के अनुरोध
छ भने एनआरएन अभियानमा मैले प्राप्त गरेका अनुभवहरु र मै
ले लामो सयमसम्म विदेशमा बसेर प्राप्त गरेको ज्ञान र सीपलाई
यस अभियान मार्फत संसारभरका एनआरएनहरु माझ लैजान चाहे
को छु । साथै संसारभर रहेका एनआरएनहरुका दुःख,पीडा तथा
खुशीका पलहरुमा म पनि एकाकार हुन चाहेको छु । त्यसैले सिंगो
अमेरिकाभर रहनु भएका नेपालीहरुको प्रतिनिधित्व गरेर मैले
एनआरएन आइसिसीको उपाध्यक्ष पदमा दिएको उम्मेदवारीमा
तपाईंहरुको साथ र सहयोग रहनेछ भन्ने पूर्ण विश्वास लिएको
छु । तपाईंहरुको साथ, सहयोग र भरोसालाई म उच्च राखिरहने
छु ।