यो संसार मुटुमा, सेक्छु भन्छ
र अनि शिखरमा, टेक्छु भन्छ |
कराउँदै हिड्छ उ एक्लै यहाँ
अबुज कसैलाई देख्छु भन्छ |
सुन्दैन स्वार्थि र कानो हुल
तैपनि गजलमा लेख्छु भन्छ |
हिम्मतिलो अनि गहन संधै
बज्र नै आए नि थेग्छु भन्छ |
बिथोल्न गए रे धेरै उस्लाई
सम्झाइ बुझाई छेक्छु भन्छ |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड