गजल : By, मानन्धर अभागी



म यस्तो एउटा किताब आज देखिरहेको छु
कसैले नबुझ्ने हिसाब आज देखिरहेको छु

संविधानको चुनाव रे , आ – आफैमा मनमुटाव
द्घन्द र युद्घको चुनाव आज देखिरहेको छु

हामी बाहिर एउटा देख्छौ भित्र अर्कै हुन्छ
नकाब – धारी जनाव आज देखिरहेको छु

किन होला सँधैसँधै यो देशमा आजकाल
तनाव माथि तनाव आज देखिरहेको छु ।

 मानन्धर अभागी  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com