गीत : By, पबित्र राई

     

शहरको भिड कतै चुपचाप गुमनाम यहि बिलाए
सागरले छाल हान्यो गह भरि आँशु बगि रूझाए

सिन्दुरेसाझ मुस्काउदै स्पर्शदिइ अधरमा झुल्यो
बेखबर बन्यो बस्ति बस्ति मन भरि चैत्र फुल्यो
उजाडिए पनि फुले पनि मैले तिम्लार्इ लालीदिए
सहरको भिड कतै चुपचाप गुमनाम यहि बिलाए

यति ठुलो सँसारमा हेर्छु सुनसान रातसबै निदाए
हृदयको फाँट छाम्दै शुन्यतामा दुर्इ नयन रूझाए
रातले दिनलार्इ छाम्यो आँखा भरि सपना दुखाए
सहरको भिड कतै चुपचाप गुमनाम यहि बिलाए

शहरको भिड कतै चुपचाप गुमनाम यहि बिलाए
सागरले छाल हान्यो गह भरि आँशु बगि रूझाए

~~~~~~ पबित्र राई ~~~~~

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com