मान्छेकोे यहाँ सम्मान बेचिइन्छ
भएको एउटा इमान बेचिइन्छ
व्यापार सँधै एकनास हुँदैन
घाटा खाएपछि दोकान बेचिइन्छ
अदालत भित्र खै मेरो विरुद्ध
पैसामा जहाँ बयान बेचिइन्छ
कस्तो समय काल भो यस्तै हाल भो
हो आजकाल जमान बेचिइन्छ
पैसाले नपुगे पछि मान्छेहरूले
घरमा भएको भगवान् बेचिइन्छ ।
मानन्धर अभागी