मिठो बास्ना दिने यहाँ फूल फूलाएर जानेछु
यो मनको बगैँचामा सबलाई डुलाएर जानेछु
जल्नु भन्दा पहिले नै पढी राख्नु त्यो पुस्तक
लाग्न सक्छ साथी कुनै काम खुलाएर जानेछु
घाम र छायाँ रैछ आखिर हाम्रो जिन्दगानी
हसाएँ थेँ हिजो म फेरी भोली रुलाएर जानेछु
छोडी जाँदा मैले अब यो धर्ती के नै हुन्छ र
मनको हाँगामा फूलैको थुंगा झुलाएर जानेछु
पोश कुमार राई
खोटांग