गजल
मेरो सोच सँगै सँधै ,बहि देउन बिन्ती ,
ऐना जस्तै मेरै अघि, रहि देउन बिन्ती /
छेउमा आउ धेरै गर्छु,मिठा -मिठा कुरा ,
जे जे गर्छु सबै कुरा ,सहि देउन बिन्ती /
अती मिठो लाग्छ मलाई,तिम्रो त्यो मुहार ,
काली मेरी मन्कि रानी,भहि देउन बिन्ती /
लान्छु तिम्लाई घुमाउन, स्वर्गिय ठाउँमा ,
जता भन्छु त्यतै तिमी,गई देउन बिन्ती /
मेरो सोच सँगै सँधै ,बहि देउन बिन्ती ,
ऐना जस्तै मेरै अघि,रहि देउन बिन्ती /
हरि ओली
साउदी अरब
साउदी अरबियन् एयरलाइन्स्
साउदीया क्याटेरिङ्
जेद्दा