गीत : By, अतित मुखिया



गीत

झझल्को तिम्रो लगातार हुनु
जम्काभेटमा आँखा चार हुनु
नबोलीकन बाटो साटिनु
तिमी पूर्व म पश्चिम हाँकिनु ।

पाइला विपरित भएपनि
आँखा एकआर्कालाई पछ्याउनु
नजर नजरमा पर्दा एकाएक
नदेखे झैं दृष्टि सच्याउनु
चाहना अनौठो बहाना अनौठो
संयोग अनौठो त्यो भेट अनौठो ।

देख्दा अदेखा भै तर्कनु
पर पुगेर फेरी र्फकनु
झस्केर आफैसंग तर्सनु
बिस्तारै पाइलारोकी पर्खनु ।

नजिकपर्दा अफ्टेरो मानी
बोल्नैपनि अक्मकाउनु
जति टाढा भयो उतिनै झन
सम्झी सम्झी छट्पटाउनु
बिकट अनौठो निकट अनौठो
संयोग अनौठो त्यो भेट अनौठो ।

अतित मुखिया 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com