चितवनका चेपाङ्गलाइ इज़रायल बाट सहयोग हस्तान्तरण with video . . . . .

 काठमाण्डौ भाद्र १९,

नारीदर्पण : इज़रायलमा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले नेपालमा बिरामी, बिद्यार्थी, स्कुल, लाइब्रेरी वाढी पीडित लगायत यस्ता थुप्रै सामाजिक सहयोगहरु गर्दै आइरहेका छन् । र अहिले पछिल्लो समयमा शिक्षा क्षेत्रमा अझ बढी सहयोग गर्नु पर्छ भन्ने भावना जागेको छ ।

चितवनका चेपाङ्ग बच्चाहरुको पढाइको लागि इज़रयाल्मा कार्यरत सुनिता (यासिन) राईको पहलमा संकलित सहयोग रकम ८९,५००/ आज अपराहन्न धुलिखेल स्थित लक्ष्मी प्रतिष्ठान द्वारा संचालित सिलाइ बुनाइ तालिम कार्यक्रम पछि त्यहाँका दिदी बहिनीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको थियो र यसै बीच चितवनका चेपाङ्ग बच्चाहरुका पढाइका  लागि सहयोग रकम हस्तान्तरण कृष्ण ज्ञवाली र रामशरण पाठ ज्युले गर्नु भएको थियो यो । उक्त रकम लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमलाई हस्तान्तरण गरियो । 


लक्ष्मी प्रतिष्ठान संस्थाले चेपाङ्ग बस्तीमा अहिले चौसठ्ठी परिवारलाई घर बनाइ दिने कार्यको थालनी गरेको छ र त्यस गाउँका चेपाङ्ग बच्चाहरुलाई पढाउने वातावरण पनि मिलाइरहेकोले यहीं सकारात्मक कार्यलाई थोरै सहयोग इज़रायलमा कार्यरत नेपालीहरुले पनि गर्न अघि सरे उक्त सहयोग रकम हस्तान्तरण कृष्ण ज्ञवाली र रामशरण पाठ ज्युले गर्नु भएको थियो ।

यस सम्बन्धमा सुनिता राई यसो भन्नु हुन्छ __

यस कार्यक्रम मा उपस्थित हुनु भएका आदरणीय मान्यजन लागायत सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरुमा मेरो न्यानो अभिवादन _ आज प्रमाण पत्र वितरण कार्यक्रम का साथै यो सानो सहयोग रकम हस्तारण मा म (सुनिता) प्रत्यक्ष उपस्थित हुन् नसकेमा दुख लागेको छ । आदरणीय दाजु रामशरण पाठक मार्फत मेरा केहि भाव शब्दको पुल बनाइ यहाँ हरु सामु उपस्थित भएको महसुस गर्दै छु ।

केहि महिना अघि जब मैले लक्ष्मी प्रतिस्ठान का चैर म्यान बिष्णु गौतम दाजु ले चितवनका चेपाङ्ग बारे केहि गर्न लागेको तस्विर सामाजिक संजालमा पोस्ट गर्नु भएको देखे त्यस पछि मैले आफुले आफै लाइ रोक्न सकिन केहि गर्नु पर्छ ती भाइ बहिनीहरुको लागि भनि म लागे सहयोग जुटाउन र आफ्ना प्रिय मित्र तथा यहाँ इज़रयल स्थित कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाइ यस सम्बन्धि जानकारी गराए र उहाँ हरुले मेरो मात्र एक फोन कलको भरमा मलाइ विस्वाश गरि यसरि सहयोग गर्न तत्पर हुनु भयो । यसको लागि म सम्पूर्ण सहयोगी मनहरु प्रति हृदये देखि आभारी छु । यस सहयोगको म त एउटा माध्यम मात्र हुँ वास्तवमा असली धन्यवाद का पात्र उहाँ हरु हुनुहुन्छ जसले सहयोग गर्नु भयो । यो सानो सहयोग शिक्षाको लागि भनि जुटाइएकोले चेपाङ्ग भाइ बहिनीको उज्जल भविष्यको लागि खर्च हुनेछ भन्नेमा हामी पूर्ण विस्वस्त छौं ।

र, मैले सम्बोधन गर्न भुल्नै नहुने लक्ष्मी प्रतिष्ठान जसले अहिले नेपालको ६४ ओटा भन्दा बढी जिल्लाहरुमा आफ्नो विभिन्न सामाजिक जनचेतनामुलक उदाहरणीय कार्य हरु गर्दै आएको छ । आफु पीडामा पिल्सिएर अर्कोको मुहारमा मुस्कान छर्न सक्नु यो हामी सामान्यले गर्न सक्दैनौं । यो उदाहरणीय / प्रसंसनिय कार्य लक्ष्मी प्रतिस्थान संस्थाका नाम बाट बिष्णु गौतम दाइ लगायत धेरै सामाजिक सेवामा विशुद्ध मन समर्पित हुनुहुन्छ यसको प्रसंसा यी छोटो शब्द द्वारा गर्नु दुस्साहस हो ।

उहाँ हरुको जतिनै प्रसंसा गरेनी त्यो कम हुनेछ तसर्थ म आगामी दिनहरुमा पनि सकेको सहयोग गर्ने प्रतिबद्द्धता गर्दै लक्ष्मी प्रतिष्ठान लाइ लाख-लाख सफलताको शुभ-कामना दिन चाहन्छु । र, यस कार्यक्रमको लागि विशेष समय निकाली यस स्थान सम्म आइदिनु हुने कृष्ण ज्ञवाली दाइ, रामशरण पाठक दाइ, पत्रकार उद्धव तामाङ्ग ज्यु , सागर श्रेष्ठ ज्यु मा धेरै-धेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु । साथै उक्त उपस्थित हुनुहुने आदरणीय सम्पूर्णमा म फेरी पनि मुरी-मुरी धन्यवाद म सुनिता (यासिन) राई ।


चितवनका चेपाङ्ग बच्चालाइ सहयोग गर्ने सहयोगी मनहरुको नाम निम्न प्रकार छन् .......

१] कृष्णपक्ष थापा - २०१/  सेकेल . 
२] पुष्प श्रेष्ठ - ५०/ $. डलर . 
३] कृष्ण निरौला - १२७ / सेकेल .
४] सुमन कार्की - ५०/ सेकेल .
५] क्रिज़ल केसी - ५०/ सेकेल .
६] हरि मानान्धर - ५०/  सेकेल .
७] नेपाली नारी आवाज इन इज़रायल - २०० $. डलर  .
८] दल ब,तामाङ्ग- ३०/ सेकेल .
९] माया बोम्जोन तामाङ्ग - ३०/ सेकेल .
१०] बिपिन तामाङ्ग-१०१/ सेकेल .
११] तमु समाज- १०१/ सेकेल .
१२] बिष्णु तिमिल्सिना - ५१/ सेकेल .
१३] बिमल गुरुङ - ५१/ सेकेल .
१४] बिजे बिद्रोही राई - ५१/ सेकेल . 
१५] सुबास राई- ५०/ सेकेल .
१६] काजल घिमिरे(नानु)-२०/ सेकेल .
१७] सुनिता मोक्तान तामाङ्ग- २०/ सेकेल .
१८] साबि पाठक-२०/ सेकेल .
१९] नबराज आचार्य-१०१/ सेकेल 
२०] डोल्मा शेर्पा - ७६/ सेकेल .
२१] बिष्णु गुरुङ - ५१/ सेकेल . 
२२] रबिना राई - ५१/ सेकेल . 
२३] बिष्णु सुबेदी-२०/ सेकेल . 
२४] दीप कुमार राई-४०/ सेकेल .
२५] शान्ति (स्मृति) राई-५०/ सेकेल .
२६] बिनिता राई २०/ सेकेल .
२७]  सुर्य बस्याल - १०१/ सेकेल .
२८] बिमला राई-१०१/ सेकेल .
२९] केशव कार्की-१०१/ सेकेल .
३०]  रेखा रेग्मी-५०/ सेकेल .
३१] माया सुब्बा-३१/ सेकेल . 
३२] मीना बान्तावा-२५/ सेकेल  
३३] निरु राई - २०/ सेकेल .
३४] पर्शु  निरौला -५०/ सेकेल .
३५] सरस्वती खड्गा- २० / सेकेल . 
३६] राजु सुनुवार-१०१/ सेकेल.
३७] अनिल राई - ५१/ सेकेल . 
३८] नविना गुरुङ - १०१/ सेकेल .
39] श्यम सुबेदी - ५१ सेकेल 
४०] नेहा गुरुङ - ५१/ सेकेल .
४१] सुनिता (यासिन) राई - २०५/ सेकेल .
___ जम्मा ८९,५०० रुपैयाँ  सहयोग हस्तान्तरण 

====>> Video, , , , , , 
__

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com