घर धनीले लगाए अनमोल अस्पतालमा ताला I

 काठमाण्डौ आश्विन ६,

घर भाडा नतिरेपछि अनमोल अस्पतालका घर धनीले अस्पतालमा ताला लगाईदिएका छन् । काठमाण्डौ धुम्बाराहिस्थित अस्पतालका घर धनी हरिभक्त श्रेष्ठले ४९ लाखा भाडा बाँकी रहेकाले ताला लगाईदिएको बताए । मासिक पाँच लाख ५० हजार भाडा रहेको श्रेष्ठको भनाई छ । 

‘९ महिनाको भाडा बाँकी छ’ श्रेष्ठले भने, ‘पैसा नतिरेको भन्दै दैनिक मान्छे आएर हल्ला गर्छन्, सुरक्षित रहन ताला लगाईदिएको हुँ ।’ घर धनी श्रेष्ठका अनुसार अस्पताल सञ्चालक अबुल हसन अन्सारीले १५ दिन भित्र पैसा तिरेर घर खाली गरिदिने कागज गरेको बताए । असोज १ गते श्रेष्ठले महारागञ्ज पुलिसको रोहवरमा ताला लगाएका हुन् । 

हसनसंग यसबारे जानकारी लिन खोज्दा मोबाइल अफ भएका कारण कुरा हुन सकेन । घर धनीले अस्पतालका कर्मचारी, उपकरण सप्लायर्स र व्यक्तिगत लिएको ऋण पनि नतिरेर हसन आर्थिक संकटमा परेको दाबि गरे ।खबरपत्रिका:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com