काठमाण्डौ आश्विन ११,
नारीदर्पण : नेपाल बाट बैदेशिक रोजगारमा गएका कामदार कतारमा पानी खान नपाएर मर्ने गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ ले सो विषयलाई अन्तराष्ट्रियकरण गरेको छ ।
सन् २०२२ मा हुने विस्वकाप फुटबल प्रतियोगिताका लागि रंगशाला र होटेल बनाउने कार्यमा संलग्न नेपाल, भारत र श्रीलंका का कामदार पचास डिग्री सेल्सियस को गर्मीमा पानी खान नपाएर मर्ने गरेको अन्तराष्ट्रिय मजदुर महासंघ ले जनाएको छ ।
तीन महिनाको अबधिमा कतारको विस्वकप रंगशाला निर्माणमा संलग्न ४४ जना नेपालीको मृत्यु भएको बेलायति पत्रिका गडजेन्टले उल्लेख गरेको छ । कतारमा सरदरमा हरेक दिन एक जना नेपालीले ज्यान गुमाउने गरेको विवरण बिबिसी लगायत अन्तराष्ट्रिय समाचार संस्था हरुले उल्लेख गरेका छन् । समयमा तलब नपाउने राहदानी खोसेर राखिदिने भएकोले कतार छोड्न पनि नसकिने र काम गरेको ठाउँमा पानी पनि पिउन नपाउने बाध्यता रहेको ती अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ ।
मृत्यु हुने हरु माध्ये आधा भन्दा बढी हृदये घात बाट मृत्यु भएको भनिए पनि पोस्ट मार्टम गर्ने चलन छैन । यहि गतिमा कामदार मार्दै जाने हो भने कतारमा विस्वकप फुटबल सुरु हुँदा सम्म थप चार हजार कामदारले ज्यान गुमाउने अन्तराष्ट्रिय मजदुर महासंघले जनाएको छ ।