लिटिल प्रिन्सेस प्रतियोगितामा सुनैना लिटिल प्रिन्सेस र निश्चल लिटिल प्रिन्स घोषित I

काठमाण्डौ  आश्विन १४,

नारीदर्पण : राजधानीमा हिजो सम्पन्न लिटिल प्रिन्सेस प्रतियोगिता सुनैना दाहाल लिटिल प्रिन्सेस र निश्चल केसी लिटिल प्रिन्स घोषित भए । यसै गरि लिटिल प्रिन्सेसको दोस्रो उपाधि नन्दनी नकर्मीले हात पारेकी छिन् भने दोस्रो लिटिल प्रिन्सको उपाधि उत्सव थापाले प्राप्त गरे । 

पहिले उपाधि प्राप्त गर्ने सुनैना दाहालले ट्यालेनटेडको उपाधि प्राप्त गरिन भने दोस्रो हुने उत्सव थापाले प्रिन्स तर्फ बियोर्स वाइज र ट्यालेनको समेत उपाधि जितेका छन । प्रथम हुनेले पन्द्र-पन्द्र हजार र दितिय हुनेले दस-दस हजार रुपैयाँको पुरुस्कार समेत प्राप्त गरे । 

उक्त प्रतियोगितामा करिब तेह्र बर्ष मुनिका ७० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना जेइसआइ काथ्मान्दौले गरेको थियो ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com