डिसीमा बि पी शतबार्षिकी -रक्तदान तथा संचारकर्मी सम्मान I

भर्जिनिया  भाद्र ३१,

विजय थापा : नेपाली जनसम्पर्क समिति अमेरिका -भर्जिनिया शाखाको आयोजनामा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको १०० औं जन्म दिनमा रक्तदान तथा वी.पी. जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ  

डिसी महानगर क्षेत्र मा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि ,बुद्धिजीवी ,संचारकर्मी तथा समुदायबीच भएको उक्त कार्यक्रममा बिभिन्न वक्ताहरुले शुभकामना दिएका थिए भने कविता बाचन तथा बि पी कोइरालाको बारेमा मन्तब्य पनि राखेका थिए  उक्त कार्यक्रममा रक्तदान कार्यक्रम पनि गरिएको आयोजकले बताएका थिए भने केहि संचार माध्यमहरुलाई बि पी शतबार्षिकीको उपलक्ष्यमा सम्मान गरिएको पनि थियो  

सम्मानित हुनेहरु संचारकर्मीहरुमा क्रमस कान्तिपुर प्रतिनिधि ,ग्लोब नेपाल डटकम ,सगरमाथा टेली भिजन यु एस ए ,अमेरिकन कन्भर्सेसन ,डिसी नेपाल डटकम ,अमेरिका नेपाल टेलीभिजन ,विश्व परिक्रमा ,नेपाल २४ आवर्स ,ईनेप्लिज़ डटकम तथा जनपुकार रहेका छन्  ग्रामिण विकास तथा वातावरण संरक्षणमा उल्लेखनीय योगदान गर्नु हुने तथा मेगासेसे पुरस्कार बिजेता महाबिर पुन र बिपी पुत्री चेतना दिक्षितको समेत सहभागिता रहेको थियो । कार्यक्रम केसब बरालको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन मोहन घिमिरेले गर्नु भएको थियो lप्रमुख अतिथि नेपाली दूताबासका उप नियोग प्रमुख नारायण मैनाली हुनु हुन्थ्यो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com