देशको एउटा इज्जत पनि लुटीएला झैँ भयो
शान्ति कैले होला बेईज्जत अनि भुटीएला झैँ भयो ।
देशको एउटा मुटु पनि भारत तिर दाबी गर्छन
क्रान्ति जहिले चोला रगत बनि छुटीएला झैँ भयो ।
कति दिन अर्काको आश्रयमा बाच्ने कोनि
बिद्रोह छ अहिले रोला जगत पिटीएला झैँ भयो ।
सामन्तीले भरिएको कस्तो बिडम्बना नेपाल
सन्धि छ पहिले खोला सिमिना नै मेटिएला झैँ भयो ।
कविराज मगर
दिप्लुङ खोटांङ