तेल अभिव आश्विन ११,
नारीदर्पण : हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्र इजरायल आउनुहने भएको छ। इजरायलको हाहागानमा आयोजना हुने भव्य कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउन लाग्नुभएको हो। कार्यक्रममा सो संस्थाको लागि १०० अमेरिकी डलर माथीको सहयोग गर्नेलाई मिश्रले सम्मान गर्नुहुनेछ।
इजरायलमा रहने सम्पूर्ण नेपाली संघसंस्था तथा व्यक्तिहरुलाई यो पुण्यकर्ममा सहभागी हुन अनुरोध गरिएको छ। हेल्प नेपाल नेटवर्क १० करोडको परोपकारी अक्षयकोषको दौरानमा रहेको छ। संसारभर रहेका नेपालीहरुको सहयोगबाट सामाजिक कार्यमा लगानी गर्नको लागि सो कोष स्थापना गरिएको हो।
हालसम्ममा नेपालका थुप्रै विपन्न तथा दुर्गम गाउँहरुमा यस संस्थाबाट परोपकारी काम भईसकेको छ। हेल्प नेपाल नेटवर्कको दश करोड अक्षय कोषको लागि इजरायलमा सहयोग अभियान सुरु भएको हो ।
अहिले नगरे कहिले गर्ने!
हामीले नगरे कसले गर्ने !!
नेपालीले नै नेपाललाई सहयोग गर्नु पर्छ भन्ने उदेश्यका साथ थुप्रै उदाहरणिय सामाजिक कार्य गर्दै आएको यस “हेल्प नेपाल नेटवर्क” मार्फत केहि गर्न तत्पर इजरायलमा कार्यरत नेपालीहरुले पनि सहयोग रकन उठाउन थालेका हुन् । सबै भन्दा ठुलो धर्म नै मानव धर्म हो तसर्थ यस अभियानमा सामेल हुनको लागि इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा हार्दिक आग्रह छ, यस पवित्र कार्यमा साथ र हात दिन हुन ।
हेल्प नेपाल नेटवर्कको यस अभियानमा मात्र नेपालीहरुको सहयोगमा रु.१० करोडको अक्षय कोष खडा गर्ने महत्वाकांक्षी लक्ष्य सहित स्थापित यो एउटा महान उद्देश्य हो । स्वदेश तथा विदेशमा रहेका नेपालीले यस अभियानलाई तन, मन र धनले सहयोग गर्दै आउनु भएको छ । ‘हेल्प नेपाल नेटवर्कले अहिले देशभित्रका स्कुल, लाइब्रेरी, स्वास्थ्य उपहार र आपतकालिन सेवा जस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयेाग पुर्याउँदै नयाँ सँरचनाका साथ अगाडी बढाउँदै आएको कुरा सबैमा बिदितै छ। यस सकारात्मक र पवित्र कार्यको लागि हामी पनि केहि गरौँ भन्ने अभिप्रायले अघि बढेकाछौं” हेल्प नेपाल नेटवर्कको रु १० करोडको परोपकारी अक्षय कोष अभियानको सहयोगार्थ इजरायलमा गठित तदर्थ समितिका पदाधिकारीहरु बताउँछन् ।
मिडिया पार्टनर: एनपि न्यूज डटनेट, सिएनन इ न्यूज डटकम, नारीदर्पण डटकम, लाईट नेपाल डटकम रहेका छन् ।