विश्व सुन्दरी प्रतियोगितामा इशानीले ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जितिन I

काठमाण्डौ आश्विन ११,

मिस नेपाल इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जितेकी छिन् । विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिनक कामको मुल्यांकन गरेर यो उपाधि दिइन्छ र इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर गर्नका लागि सञ्चालन गरेको प्रोजेक्ट स्माइल सञ्चालन गरेकी थिईन् ।

यो उपाधि जितेपछि विश्व सुन्दरी प्रतियोगिता आयोजकले इशानीले सञ्चालन गरिरहेको प्रोजेक्टका लागि १० हजार अमेरिकी डलर सहयोग गर्ने मिस वल्र्ड डट कमले जनाएको छ । उनले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । यो अवार्ड जितेपछि आफ्नो फेसबुक पेजमा इशानीले नेपालका लागि विश्व सुन्दरी प्रतियोगिताबाट एउटा अवार्ड ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।यस्तै इशानी मल्डिमिडियातर्फ तेश्रो भइन् ।

विश्व सुन्दरी प्रतियोगिताको फाइनल चरण आइतबार इन्डोनेशियाको बालीमा हुँदै छ । उनी फाइनल चरणमा प्रस्तुति दिनका लागि ११ प्रतिस्पर्धीसँगै छनौट भएकी छिन् । इशानीले फाइनल चरणमा परम्परागत नेपाली नृत्य प्रस्तुत गर्ने छिन् । ब्युटी विथ द प्रपोज च्यालेन्जको उपाधि दिलाउने इशानीले गरेको सामाजिक काम बारेको भिडियो तल हेर्न सकिन्छ । (उज्यालो अनलाइनबाट)

==>> Video....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com