बिना जानकारी भारतीय प्रहरीले नेपालीको घरमा छापा मारे I

काठमाण्डौ आश्विन ३,

नेपाली अधिकारीलाई जानाकरिनै नदिइ भारतीय प्रहरीले बर्दियाको गुलारिया स्थित एउटा घरमा छापा मारेको छ । बर्दिया प्रहरी कार्यालय बाट करिब दुइ सय मिटर अगाडी रहेको मंजुल्मान श्रेष्ठको घरमा छापा मारेका थिए ।

भारतीय प्रहरीको हत्या गरेको अभियोगमा फरार रहेका भारतीय नागरिक मुना सर्दार लुकेको आशंकामा भारतको लखिनपुर् खिरि प्रहरी कार्यालयका डीएसपी सहितको टोलीले श्रेष्ठको घरमा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार नेपालमा आउनु अघि पुर्व जानकारी गर्नु पर्नेमा कुनै सुचना नै नदिइ भारतीय प्रहरीले छापा मारेको हो । बर्दियाका प्रमुख जिल्ला अधिकारि डाक्टर मान बहादुर बिकिले अन्तराष्ट्रिय मान्यता अनुसार प्रशासनिक समन्वय गरेता पनि यसरि युनिफर्म मा आएर छापा मार्न नपाइने बताए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com