विजय थापा : मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु । अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो । त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु । अमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ । जीवनको चार दशक पहाड ,तराई र लेक र बेसी चारियो । उतैको सम्झनाले मस्तिस्कमा घोची रहन्छ । बाल अवस्थामा गरेका कुराले जो कसैलाई पनि अमिट छाप परेको हुन्छ र मलाई पनि पर्नु स्वाभाविक हुन्छ ।
धेरै पहिलेको कुरा हो आफु १० कक्षाको परीक्षा दिएर आफ्ना बाजे बराजुले पौरख गरि सन्तानहरुको लागि जुटाई दिएका मधेसको खेति हेर्न मन लाग्यो । नेपालको पुर्वको सुन्दर शहर धरानबाट सुदुर पश्चिम कैलालीको टिकापुरको छेउछाउ गाउमा भारत हुदै पुन आफ्नो मुलुक छिरे । त्यसबेला पुर्वबाट पश्चिम पुग्न भारत भई जानु पर्ने थियो र यातायातको सुबिधा थिएन । म पनि काकासंग पछाडी झोला भिरेर गन्तब्य तिर हिडेको ३ दिनमा पुगे । मेरो हजुर बुवाको पनि बुवाले ,जब अंग्रेजले नया मुलुक (बाके ,बर्दिया ,कैलाली तथा कंचनपुर ) नेपाललाई सुपुर्दगी गरे पछि त्यो समयमा जिजु बुवाले केहि मौजा (केहि गाउँहरु) पाउनु भएको प्रसस्त खेति बारी रहेछ ।
त्यो समय एउटा जुग नै बितेको मान्नु पर्छ आफु अहिले पांच र सुन्ना(अर्थात् पचास ) कटिएछ । खेतिमा अत्यधिक थारु समुदायहरु थिए । थारु समुदाय ज्यादा भन्दा ज्यादा कमैया थिए र यसरि नै पुस्तै पुस्ता देखि उनीहरुलाई राख्ने प्रणाली थियो तर हाल कमैया प्रथा उन्मुलन भै सकेको छ । थारुहरुका छोरा छोरिहरुलाई सरकारी बिद्यालय पढाउने पनि गरिन्थ्यो र अधिकांश काम मै लाग्दथ्ये किनभने उनीहरु बुवा आमा नै कमैया भए पछि उनीहरु साहुको घरमा काम गर्नु पर्ने हुन्थ्यो । सरकारी बिद्यालयको पढाई र थारुका सन्तानले पढन पनि नपाउने अवस्थामा हामीसग रहेको एउटा थारुको छोरा पढनमा मन गर्ने तर मस्तिस्क तेज नभएको । सरकारी बिद्यालयमा नक्कल गरेर या अरुको सारेर उत्रीण हुने गरेको रहेछ ।
मलाई (चिट )चोराई अर्थात् नक्कलमा सहयोग गरा एउ जाचमा उत्रीण भए ठुलो रातो भाले खुवाउछु भन्यो । क छिन् मैले मानिन किनभने आफैले पढेको मात्र काम लाग्छ र भोलि आफुलाई बिकाउन सक्छ भन्ने लाग्यो । जसरि भए पनि परीक्षामा उत्रीण हुनु छ हजुर ,सहयोग गर्ने पर्छ भनि बारम्बार आग्रह गरे पछि मैले पनि रातो भाले जाडो महिनामा परिकल्पना गरे र स्वीकार गरे ।
सम्झौता चाही गणित र अंग्रेजी बिषयमा मैले परीक्षा केन्द्रमा बाहिर बस्ने र भित्रबाट ढुंगामा प्रश्न राखी बाहिर फ्याल्ने र मैले समाधान गरि पछि अर्कै एक सहयोगीबाट पुर्याउने गरियो । एक घण्टा जति हिडेर जानु पर्ने भयो पाठशाला सम्म एक तर्फी रुपमा । एउटा तराईमा गणित पढाउने शिक्षक आएर मलाई परीक्षा केन्द्रबाट टाडा बस्न आग्रह गर्नु भयो । मैले आफुलाई अंग्रेजीमा महा पण्डित झैँ गरि वहालाई अंग्रेजीमा जवाफ दिए । आश्चर्य मान्नु भयो र मलाई तपाई बुढा निल कण्ठमा पढ्नु हुन्छ सोध्नु भयो ।
सम्झौता चाही गणित र अंग्रेजी बिषयमा मैले परीक्षा केन्द्रमा बाहिर बस्ने र भित्रबाट ढुंगामा प्रश्न राखी बाहिर फ्याल्ने र मैले समाधान गरि पछि अर्कै एक सहयोगीबाट पुर्याउने गरियो । एक घण्टा जति हिडेर जानु पर्ने भयो पाठशाला सम्म एक तर्फी रुपमा । एउटा तराईमा गणित पढाउने शिक्षक आएर मलाई परीक्षा केन्द्रबाट टाडा बस्न आग्रह गर्नु भयो । मैले आफुलाई अंग्रेजीमा महा पण्डित झैँ गरि वहालाई अंग्रेजीमा जवाफ दिए । आश्चर्य मान्नु भयो र मलाई तपाई बुढा निल कण्ठमा पढ्नु हुन्छ सोध्नु भयो ।
मेरो जीवनको सबै भन्दा आफुलाई ग्लानी तथा अफसोच लागेको दिन त्यहि भयो किनभने म मा कत्रो अहंकार रहेछ । नेपालीमा सोधेको सवाललाई नेपालीमा किन नदिएको भन्दै धेरै बर्ष सम्म यो कुराले मलाई खाई रह्यो । अर्को कुरा मैले राम्रो काम गरेकै हैन l बिद्यार्थी भूस्कूल छ ,त्यसले कसरि आफ्ना सन्तानलाई शिक्षाको ज्योति देला भनि मलाई धेरै बर्ष सम्म पनि पिराली रह्यो । म हाल करिब ७ बर्ष देखि अमेरिकामा छु र कुनै चिज पनि लेख्दा बिसुद्ध नेपाली मात्र लेख्न थालेको २० बर्ष भयो । मैले नेपालीमा मात्र नेपाली मूलका मान्छे संग बोलेको दुई दशक भएछ । अंग्रेजी बोल्दा म अमेरिकाको राष्ट्रपति त भैन नि ? अर्थात् भाषा हो ,जसले पनि सिक्न सक्दछ र मैले एउटा युवकलाई उसले आफै सिक्नु पर्ने दायित्वमा निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहन गरि दिएछु ।
मेरो पुर्खाले जोडेको खेतीमा दुई महिनाको अवधिमा जसलाई मैले चिट (नक्कल )चोराउन ठुलो भूमिका निर्वाह गरे आखिर अलि अलि आफुले जानेको कुरामा सहयोग कै कारण उ ८ कक्षा बाट ९ कक्षा गयो ।
परीक्षा फलको नतिजा हुने बित्तिकै पाठशालाबाट खुशीले हस्याङ्ग पस्यांग गर्दै म संग बत्तीस वटा दांत देखाउदै आयो र त्यहि दिन रातो भाले खाईयो । यति हर्षित देखियो कि उसले नै जंगलमा एक्लै गएर बाघ मारेर आएको जस्तो गर्यो । सोझा आमा बुवालाई एक मन धान दिनु भनि जिद्दी गरि रहेको थियो । सम्झौता र सर्त अनुसार मैले सहयोग गरे र धर्म निभाए । तर नैतिक रुपमा मैले आफुलाई क्षमा गरिन । धेरै दिन भयो उ कहाँ पुग्यो होला भन्ने सोच्दै जादा हाल खाडी मुलुकमा काम गर्दै छ अरे भनें सुनियो । परदेशमा आफु रहेता पनि अहिले सम्म त्यो कुरा मेरो मानस पटलमा ताजै छ ।
.................................................................अस्तु
विजय