मनासस तीजमा दिदीबहिनीहरुको घुईचो I


भर्जिनिया ,भाद्र १८,

विजय थापा : नेपाली चेलीबेटी तथा दिदि बहिनीहरु कै महत्वपूर्ण उत्सब '' हरितालिका तीज '' भर्जिनिया राज्यको चर्चित सहर मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा सम्पन्न भएको छ  ि

गत ४ बर्ष देखि निरन्तर रुपमा दिदि बहिनिहरुलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाई दिन सांगीतिक कार्यक्रम समेत प्रस्तुत गराउने गरेको जानकारी यस कार्यक्रमका सक्रिय मधु पन्थीले दिए  

कार्यक्रममा बच्चा ,बृद्ध ,पुरुष तथा आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो भने बिभिन्न शहरबाट दिदि बहिनीहरुको पनि सहभागी थियो  सौभाग्यबस बोस्टनबाट पनि महिलाहरुको सहभागी देखिएको थियो  दिदीबहिनीले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका थिए  ं

स्थाका अधक्ष्य सागर कंडेलले सबैलाई उपस्थित जनाई दिनु भएकोमा धन्यबाद दिएका थिए भने आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिने जानकारी गराउदै समाजबाट आफुलाई व्यापक सहयोग भएकोमा सहयोगीहरुलाई पनि धन्यबाद दिएका थिए  तीजको उपलक्ष्यमा सबैलाई नि:शुल्क दर खुवाईएको थियो  माजकै सदस्य पदम रेग्मीले सबैलाई स्वागत गर्दै मनासस क्षेत्रमा एउटा पाठशाला खोल्ने योजना रहेको समेत जानकारी गराएका थिए भने संस्थाकि कोषाधक्ष्य लक्ष्मी भट्टराईले पनि बोल्नु भएको थियो  

डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व वृद्धि संगै बिगत भन्दा कार्यक्रममा निक्कै बाक्लो उपस्थिति रहेको थियो भने अनुमान भन्दा अप्रत्याशित रुपमा सहभागीको चाप बढेकोले खान पिनको व्यवस्था गर्न आयोजक दौड धूपमा व्यस्त देखिन्थे  करिव आठ सय पचास (८५० )जना उपस्थिति भएको आयोजकले जनाएका छन् 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com