नैरोबी आक्रमणमा ‘अमेरिकी नागरिकको संलग्नता’ भएको आशंका I

आश्विन ८,

एक अमेरिकी टेलिभिजनमा बोल्दै केन्याकी विदेशमन्त्री अमिना मोहमदले आक्रमणमा एक ब्रिटिश महिलाको पनि संलग्नता भएको आशंका गरिएको बताइन्। आक्रमणमा परी ६० जना भन्दा बढीको ज्यान गएको बताइएको छ। केन्याको सुरक्षा सैन्यले इस्लामवादी

मलभित्र अब कोहि पनि बन्धक रहेको कुनै
संकेत नभेटिएको अधिकारीहरुको भनाइ छ

विद्रोहीहरुको आक्रमणमा परेको दुई दिनभन्दा बढी समयपछि नैरोबीको किनमेल केन्द्र वेष्टगेट शपिङ मल अब आफ्नो नियन्त्रणमा रहेको बताएको छ। 

सुरक्षा सैन्यहरुले अझै पनि वेष्टगेट शपिङ मलबाट संदिग्ध सोमाली इस्लामवादी समूहका विद्रोहीहरुलाई धपाउन कोसिस गरिरहेको त्यहांका आन्तरिक मामिला मन्त्री जोसेप ओले लेन्कुले बताए। आक्रमणकारीहरु विरुद्बको कारबाही अन्तिम चरणमा रहेको तथा सो किनमेल केन्द्र सुरक्षा सैन्यहरुको नियन्त्रणमा आइसकेको पनि ती मन्त्रीले बीबीसीलाई बताए। बन्धक उनले भवनभित्र अब कोही पनि बन्धक रहेको कुनै संकेत नभेटिएको पनि बताएका छन्। 

सोमाली इस्लामवादी समूह अल शबाबका विद्रोहीहरुले सो शपिङ मलमा आक्रमण गरेको करिब ४८ घण्टा पछि त्यहाँ श्रृंखलाबद्ब रुपमा विष्फोट तथा गोलीबारी भएको थियो। भवनबाट कालो धुवाँको मुस्लो आकाशतिर गइरहेको थियो साथै थप सेनाका टुकडीहरु हतार हतार भवनभित्र प्रवेश गरिरहेका थिए। उनीहरु त्यो भयानक तनावको अन्त्य गर्न आफ्नो कारबाहीलाई तीव्र पारिरहेका थिए। केहीबेरमै अधिकारीहरुले थुप्रै विद्रोही मारिएको, कयौ घाइते भएको र बाँकी भाग्ने कोसिसमा रहे पनि उम्कन नस्क्ने जानकारी दिएका थिए। 

शपिङ मल वरपरको तनावपूर्ण स्थिति तथा थुप्रै घण्टासम्म चलेको कारबाहीपछि केन्याका आन्तरिक मन्त्री जोसेप ओले लेन्कुले सैन्य अधिकारीहरुले सावधानीप‍ूर्वक भवनभित्र विद्रोहीहरुको खोजी गरिरहेको बीबीसीलाई बताएका थिए । भवनभित्र कोही छुटेको छ कि भनि पनि सेनाका टुकडीले हरेक तलाको कुना कुनामा खोजी गरिरहेको पनि मन्त्री लेन्कुले जानकारी दिएका थिए। (बिबिसी बाट) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com