हिरोको पारो तात्तेपछी मिल्काए फ्यानको मोबाइल I

मुम्बई आश्विन ३ ,

बलिउड सुपरस्टार सलमान खान फिल्म हिट भएका कारण जति चर्चित भने त्यति नै चर्चा उनको रिसाउने बानीले पनि पाएको छ । कालो हरिण मारेको र पेटीमा कार गुडाएर ज्यान लिएको आरोप खेपेका सुपरस्टार कहिलेकाही गर्लफ्रेन्डका कारण पनि चर्चामा रहन्छन् ।

तर, पछिल्लो चोटी उनले आफ्नो फ्यानको मोबाईल खोसेर फालेर आफ्नो रिसको मात्रा देखाएका छन् । ९० वर्षीय बलिउड कलाकार दीलिपकुमार अहिले बान्द्रास्थित अस्पतालको आईसीयूमा छन् ।

हर्ट अट्याक भएर केही दिन अघि अस्पतालमा भर्ना भएका ट्रेजेडी किङलाई भेट्न पुगेका सलमानको एक फ्यानको फोटो खिच्ने प्रयास गर्दा उनको पारो चढेको हो । रिसको झोकमा उनले ती फ्यानको मोबाइल खोसेर फालिदिएको भारतीय फोटो म्यागेजिन लेहरेले जनाएको छ ।एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com