"मलाई माफ गर सउल" By, कल्पना राई"खुशी"



त्यो बिरानो ठाँउमा,,
अग्ला अग्ला हरिया पाहाडहरु,..
त्याहा सुनगाभा र सल्ल थिएन,,
आखाँ लोभ्याउने प्रकृतीक छटाहरु,.
त्यहा मन लोभ्याउने कस्तुरी थिएन,,
ह्याङ्ग त बगेकै हो,...
त्याहा कोशीको चन्चलता थिएन,
फेरी म कसरि अडिन सक्थें?
त्यो बिरानो ठाँउमा,

ति सुकिला सडकहरुमा
मेरो गाँउको गोरेटो कम्ता खोजिन,
त्यो गगन चुम्बी भवनको टुप्पा तिर
मेरो सगरमाथा कहिँ कतै भेटिन,
बाटो माथिको बाटो देखी थकाई लाग्दा,
मेरै भन्ज्याङ र चौतारी अंह,कतै पाईन,
फेरी म कसरि अडिन सक्थें?
त्यो बिरानो ठाँउमा,

रंगी चंगी पहिरन माझ
गुडिया जस्ता सुन्दरी कति-कति,
तर
कसम होला,
चौबन्दी र फरिया पैरी
पटुकिले कम्मर कस्दै
स्याउ जस्ता गाला संगै
गाजलु आँखा झुकाई लजाउने
कोहि मेरो सखी थिएन
फेरी म कसरि अडिन सक्थें?
त्यो बिरानो ठाँउमा,

हरेक गल्लि घुम्तीहरुमा
भोकाएका ब्वासाहरु
तिर्खाएका मृगहरु
गर्जी रहेका बाघहरु
अड्डा जमाई बसेको देख्दा
मैले मेरो सुरक्षाको निम्ती,
धेरै सम्झे उनीलाई
पल पल सम्झे उनैलाई
देख्छु कि कतै भनि
सुख्खा बगर जस्तो नजर
कोसौ टाढा सम्म फालें,,
तर
अंह!
उ थिएन
उनको छायाँ थिएन
उनको जस्तो मायाँ थिएन
फेरी म कसरि अडिन सक्थें?
त्यो बिरानो ठाँउमा,......

त्यहि भएर
मलाई माफ गर,
कोरियाको मुटु सउल,
तिमी मेरो सपना भयौ,
कल्पना होईन!!!!!

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com