वाशिंगटन डिसीमा तीज गीति नृत्य प्रतियोगिता सम्पन्न I

भर्जिनिया भाद्र १९, 

विजय थापा : वाशिंगटन डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाहरुको संयुक्त आयोजनामा डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने महिला दिदीबहिनीहरुको लागि बिशेष लक्षित गरिएको तीज गीति नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ  

नेपाली महिला दिदि बहिनिहरुको महान चाड हरितालिका तीजलाई अझ मनोरंजन बनाउने, आफ्ना संस्कृति ,पर्व तथा परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्ने उदेश्यले सयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रम खुला मंचमा आयोजना गरिएको थियो  बिभिन्न देशका नागरिक तथा अमेरिकनहरु छड्के पहेलो र हरियो तिलहरी र रातो पहिरनमा सजिएका महिलाहरुको नाचगान मनोरंजन पूर्वक अवलोकन गरि रहेका थिए  

उक्त प्रतियोगितात्मक गीति तीज नृत्य प्रतिस्प्रधामा ईन्दु पोखरेलको समुह प्रथम ,सुजु गुरुङको समुह द्वितीय तथा ईक्षा पोखरेलको समुह तृतीय भएको थियो  उक्त प्रतियोगितामा २० भन्दा ज्यादा प्रतियोगीहरु सहभागी भएका थिए  प्रतियोगितात्मक कार्यक्रम पश्च्यात अप्रतियोगीहरुले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्दै उपस्थित दर्शकलाई मनोरंजन प्रदान गराएका थिए  

कार्यक्रमलाई मसलादार बनाउन मिरा राणा, नेपाल थापा, प्रेम सङ्रौला ,मंजु संग्रौला तथा समुहले सामुहिक राष्ट्रिय गीत गाएका थिए भने आनन्दु लामाले बासुरी बजाएका थिए भने संचारकर्मी विश्वराज थापाले साथ दिएका थिए  उक्त प्रतियोगिताका निर्णायकहरुमा गायिका मिरा राणा, लोक गायक राम प्रसाद खनाल, अभिनेता सरोज खनाल, अभिनेत्री अनुपमा प्रसाई तथा साहित्यकार बसन्त श्रेष्ठ रहनु भएको थियो  कार्यक्रम सन्चालन बिनय अर्याल ,गोमा संग्रौला र कोपिला संग्रौला सयुक्त रुपमा गरेका थिए  ।डिसी दुताबासका उपनियोग प्रमुख नारायण मैनाली प्रमुख अतिथि हुनु हुन्थ्यो .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com