जनप्रगतिशिल मंन्च यूएईबाट तीन जना सिफारीस I

यूएई,असोज-८

बिनोद श्रेष्ठ : "क्रान्ति" एकिकृत नेकपा माओवादी प्रबास अन्तर्गत यूएईमा रहेको नेपाली जनप्रगतिशिल मंचले मंसिर ४ मा हुन गैरहेको दोश्रो संबिधान सभा चुनाबको लागी प्रतक्ष तथा समानुपातिक तर्फ बाट तिन शक्तिशाली नँया नेतृत्व लाई सिफारिस गरेको छ।

गत सोमबार बरदुबईमा बसेको सचिबालय बैठकले लामो समय देखि युएईमा सामाजिक सेवामा सक्रिय रहदै आएका समाज सेवी तथा प्रगतिशिल बिचारका हस्तीहरू क्रमश:चन्द्र बहादुर रोकाहा, उत्तम अधिकारी र शम्भु कुमार वाइबालाइ सिफारीस गरिएको मंचका अध्यक्ष हेमन्त पैाडेलले बँताए। हरेक कार्यक्रममा बलियो प्रभाब देखाउदै आएका भुतपर्ब एन.आर.एन अध्यक्ष रोकाहा र गोरखा सेवा समाजका संरक्षक अधिकारी पार्टी भित्र र बाहिर निकै लोकप्रिय छन्।

प्रबासमा रहेर पनि पार्टीलाइ मंचले पु-याएको उच्च मुल्याङ्कन गर्दै प्रतक्ष तथा समानुपातिक तर्फ नाम सिफारिस गरी पठाउन पार्टीले दिएको निर्देशन अनुशार नाम पठाइएको मंचका महासचिब क. बाबुराम बिश्वकर्माले बताए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com