काठमाण्डौ भाद्र २१,
नारीदर्पण : झापा धुलाबारिकी एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन । बिराटनगर स्थित नोबल अस्पतालमा २६ बर्षीय दीपा भट्टराइले आधा घन्टाको सफल सल्यक्रिया पछि ती चार बच्चालाई जन्म दिएकी हुन् ।
अठ्ठाइस हप्तामा जन्मिएका यी बच्च्चामा तीन छोरा र एक छोरी रहेका छन् । यी छोरा मध्ये दुइ छोराको तौल एक किलो दुइ सय ग्राम अर्को छोराको तौल एक किलो र छोरीको तौल आठसय ग्राम मात्र रहेकोले स्वासप्रस्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।