नामकै लागि नाटक I

आश्विन ७ ,

अचेल गीत हिट बनाउन र प्रमोसनका लागि गायक/गायिका वल्र्ड टुरमा निस्कने क्रम बढेको छ । हालै पपस्टार सेलेना गोमेजले रूसको भिसा नपाएर चर्चा चल्दै गर्दा अर्की गायिका माइली साइरसले भने लास भेगासमा उधुम मच्चाएकी छन् । भर्खरै मात्र टिन एज पार गरेकी माइलीको केटाकेटीपन भने अझै देखिइरहेको छ ।

उनी केही साताअघि मात्रै एमटीभीको म्युजिक अवार्डमा उत्तेजक हाउभाउ र त्यस्तै पोसाकमा स्टेजमा आफूभन्दा १६ वर्ष जेठा गायक रोबिन थिकेसँग परर्फम गरेपछि आलोचित बनेकी थिइन् । न्युड फोटोसुटदेखि केही युवकसँगको उनको रिलेसनसिपको हल्लाले थप कुख्यातिमा पारिरहेका बेला आइतबार पनि उनका लागि अपवाद बनने । स्टेजमा उक्लदा उनको शैलीमा भने परिवर्तन देखिएन । छाती खुलेको टप्स र हिप देखाउने अन्तःवस्त्रको सर्वाङ्ग सेतै पहिरनमा उत्रिएकी माइलीलाई दर्शकश्रोताहरूले हुटिङसहित साथ दिएका थिए । 

अभद्र बन्दै गइरहेकी गायिकाले भने आफूबारे उठेका टिप्पणीलाई लिएर स्टेजबाटै भनिन्, 'मैले यहाँ गरेका हर्कतले समस्या उब्जाउँछ भन्ने थाहा छ । तर पनि मलाई मेरो मन र आत्माले जे गर् भन्छ, त्यही गर्छु ।' लस भेगासमा माइलीले हल्ला गरिरहँदा वल्र्ड टुरकै क्रममा गतसातादेखि थाइल्याण्डमा रहेकी रिहानाले पनि हल्लाखल्ला मच्चाएकी छन् । डायमन्ड्स टुरका बेला थाइल्याण्डको फुकेट आराम गर्न पुगेकी उनले त्यहाँ खिचेका तस्वीरका कारण दुई व्यक्ति पक्राउ परेका छन् । 

त्यहाँ उनले अति दूर्लभ जन्तु स्लो लरीसलाई काँधमा राखेर खिचेका तस्वीरहरू सार्वजनिक गरिदिएपछि जन्तुको जिम्मामा खटिएका दुई व्यक्तिलाई दुरुपयोगको आरोपमा पक्रिइएको हो । उक्त तस्बिरलाई रिहानाले इन्स्टाग्राममार्फत सार्वजनिक गरेपछि दुई लाख बढीले लाइक गरेका थिए । 

अधिकारीका अनुसार, रिहानालाई उक्त जन्तु उपलब्ध गराउने दुईलाई चार वर्षको जेल र तेह्र सय डलर जरिवाना हुन सक्छ । रिहाना भने कारबाहीबाट उम्किएकी छन् । यी सेलिब्रेटीलाई प्रायः चाहिँदो काम गर्न नआए पनि खबरमा कसरी रहने भन्ने काइदा चाहिँ राम्ररी थाहा छ । एजेन्सीहरु, 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com