रौतहट आश्विन ९,
बिबाहमा दाईजो कम दिएको भन्दै रौतहटमा एक महिलालाई घर निकाला गरिएको छ। रौतहटको सखुअवाधमौरा गाविस–९ निवासी हिमताज मन्सुरीले बिबाहमा दाइजो नपाएको भन्दै उनले आफ्नो श्रीमतीलाई घर निकालेका छन्।
यही गते असोज १ गते कुटपिट गरी ज्यान मार्ने उद्देश्यले जीउमा आगो लगाउने प्रयाससमेत गरेको भन्दै उनले न्यायको लागि महिला बालबालिका सेवा केन्द्रमा पीडित महिला अजमेस खातुनले उजुरी दिएकी छिन्। मुस्लिम परम्परा र सांस्कृतिक रीतिरिवाजअनुसार २०६३ सालमा बिबाहको कुरा छिनोफानो गरी २०६८ सालमा घर भित्र्याएकोमा श्रीमानसहित घरका सासु ससुराबाट समेत अपहेलित भई घर निकाला गरेको पीडितले बताएकी छिन्।
घर परिवारले कुटपिट गरी घर निकाला गरेपछि माइतीघरमै बसेर उपचार गर्दै आएको पीडितले उजुरीमा उल्लेख गरेकी छिन्। श्रीमानले बिबाह दर्ता र नागरिकता प्रमाणपत्र समेत नबनाइदिएको उनको भनाइ छ। महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी नायब निरीक्षक गीता रानाभाटले पीडित महिलाले उजुरी दिएकाले यस विषयमा कारवाही प्रक्रिया अघि बढाइने बताए। रासस :