पत्थर बन्नु छ भने मान्छेमा छाती चाहिन्छ
बाँच्नको आधार यौटा असल साथी चाहिन्छ
गरिब भएर के भो र राम्रो गुण धनी होस्
धनाढ्यकी छोरी त गोजीमा गाँठी चाहिन्छ
मुठ्ठा दाउरा , मानो चामल यस्तै छ जिन्दगी
ऐश गर्नलाई द्रव्य पाथीका – पाथी चाहिन्छ
चिनाउनु छ भने आफूलाई आजको रीतिरिवाज
लावा – लस्कर जन्ती कमिलाका ताँती चाहिन्छ
विना निम्तो खुसुक्क भोज भत्तेर जाँदा
जिन्दगीमा हड्डी निल्न ठूलै घाँटी चाहिन्छ ।
मानन्धर अभागी