काठमाण्डौ भाद्र १६,
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ । उपत्यका र उपत्यका बाहिर गरि कुल ५ हजार ९ सय ८५ भोट खसेको छ । अपेक्षाकृत कम मतदान भएको निर्वाचन कमिटि सदस्य डा. अनिल झाको भनाई छ ।
निर्वाचन कमिटिले उपत्यकामा करीब ५ हजार भोट खस्ने अनुमान गरेको उनको भनाई छ । चार वर्ष अघिको निर्वाचनमा समेत करीब ५ हजार मतदान भएको थियो । यो ४ वर्षे अवधिमा धेरै चिकित्सक काउन्सिलमा दर्ता भएपनि भोटको अनुपात भने बढ्न सकेन ।
काठमाण्डौ उपत्यकामा कुल ३४ सय ४१ र उपत्यका बाहिर २५ सय ४४ भोट खसेको छ ।
मतदानको पहिलो दिन काठकाण्डौमा ९ सय ६२, दास्रो दिन १२ सय २० र तेस्रो दिन १२ सय ५९ भोट खसेको निर्वाचन कमिटि सदस्य डा. झाले जानकारी दिए ।
भोट गणना सोमबार बिहान ९ बजे देखि गरीने उनकोे बनाई छ । मतदान गर्न बरीष्ठ चिकित्सकहरु पनि न्युन मात्र आएका थिए ।
चुनाव भड्किलो बन्दै गएकाले अधिकांश बरीष्ठ चिकित्सकहरु भोट हाल्न नआएको बताइन्छ । सोमबार देखि मतगणनाको प्रत्यक्ष अपडेट स्वास्थ्य खबरपत्रिकाको अनलाईन भर्सनमा गरीने छ ।स्वास्थ्य खबर !