सपना बोकेर छोरो खाडी गयो
बुढा आमा बाबा एक्लै छाडी गयो |
अध्याँरा झुप्रा बस्तिहरुमा अँझै
न बिजुली गयो न त गाडी गयो |
नेपाललाई स्वर्ग बनाउछु भन्ने
ऊ हेर्नुहोस् मञ्चमा गफाडी गयो |
सरकारले बाढि पीडीतहरुलाई
मात्र चिउरा र त्रिपल बाँडी गयो |
केहि रहरले केहि कहरले लेखेका
मेरा गजल चोरेर कवाडि गयो |
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड