कविता : By, कल्पना पौडेल " जिज्ञाशु "



रहर जाग्यो 
मलाइ तिमि आफ्नो बनाउने रहर जाग्यो 
कतै तिमीलाई पाउने मेरो त्यो रहर 
तिम्रो लागि कर बन्न 
त पुग्दैन ?

जिन्दगीको आधा यात्रा काटिसके पछी 
दोबाटोमा तिमि भेटिन पुग्दा 
बर्षौ देखि उकुस मुकुस भएर 
गुम्सिएका इक्षाहरु सल्बलाउदै 
जाग्न थाले अनि तिमीलाई केवल 
मेरो मात्र बनाउने रहर 
जाग्यो 

तिम्रो उदार बादी भावना र माहान
 व्यक्तित्व को धनि गुण र रुपले
झपक्कै बलेको चादको एक 
        टुक्रा जस्तो
स्वरूप देखेपछी यो मन चुम्बकले 
फलामलाइ ताने जस्तै तिम्रो यौवन प्रति
आकर्सित  हुदै गए 
तिमीलाई पाउ भन्दै भित्र भित्रै एक्लै
मरिमेट्दै गर्दा कतै तिम्रो जीवनमा 
मेरो अस्तित्व धुमिल बन्न पुगेको त 
छैन ?
मेरो पिडै पिडाले भरिएको पाइला पिच्छे
 तेजिला धार बिछाइएका एक्लो यात्राले दिएको चोटले 
बगेका आशु हरु पनि तिम्रो एक झल्कोले तप्प नयनमै 
          अडिन्छन र 
मेरा ओठहरुमा मुस्कान खिल्छ

     भने 
म त्यो खुशी हासिल गर्नको लागि हजारौ मुस्किल 
र लाखौ चुनौती  संग लड्दै सामना गर्न तयार छु 
किनकि तिमी मेरो स्वामिप्य भएको आभाष बिना 
म हास्न भुल्नेछु तिम्रो साथ बिना बाच्न भुल्नेछु 
           त्यसैले 
म तिम्रो जीवनमा प्रेमको सुगन्ध छर्दै मनभरि 
फूल्न चाहन्छु अतित वर्तमान सबै बिर्सेर तिमीमै 
समर्पित हुदै एउटा सुनौलो जीवन जिउन चाहन्छु 
तर यी मेरा सपना र रहर हरु तिम्रा लागि कर 
          हुन पुग्छन भने 
सारा सपना तोडीदिन्छु 
रहरहरु फोडीदिन्छु 
जिन्दगीको यात्रानै मोडीदिन्छु 
तिमि बिना बाचू म कसरि यो 
दुनिया नै छोडी दिन्छु  
कल्पना पौडेल " जिज्ञाशु "
गैडाकोट  ४  नवलपरासी 
हाल  इजरायल


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com