गजल : By, पूर्ण 'कान्छा' गुरुङ



आफ्नो जीवन म आफै ले चलाउन थालेको छु
कम्जोर छुइन पथ्थर पनि गलाउन थालेको छु

यी हातको पौरख देखाई मरुभूमिलाइ छक्क पारी
बालुवामा अन्न बाली फलाउन थालेको छु

आफ्नै मान्छे पराई भई सम्पर्कमा नआए र
उस्लाई भूल्न साथको तस्बिर जलाउन थालेको छु

टेक्दा खुट्टा घोच्ने काडा कम्ति हुन्छन् अब देखि
किनकी ती काडा सबै ढलाउन थालेको छु

'पूर्ण कान्छा' परदेशमा के गर्दै छ भन्छौ भने
मरुभूमिको बालुवालाई तहलाउना थालेको छु

पूर्ण 'कान्छा' गुरुङ
ओखलढुंगा
हाल:कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com